प्रजिअ सरुवा प्रकरणले उव्जाएको प्रश्न

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको ४ महिनाको अवधिमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीको सरुवाको विषयले यतिबेला तनहुँमा एक किसिमको तरङ नै उत्पन्न हुन पुगेको छ । तरङ उत्पन्न हुनु स्वभाविक विषय पनि हो । किनकि निकै छोटो अवधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा हुँदै गर्दा सरुवामा सत्ताधारी नेकपाका संघीय सांसदहरुको हात रहेको चर्चा परिचर्चा व्यापक रुपमा रहेको सुनिन आएको छ । चर्चा परिचर्चा अनुसार प्रमुख जिल्ला अधिकारीले सत्ताधारी नेकपाका सांसदहरुको चित्त बुझाउन नसक्नुनै सरुवा प्रमुख कारण रहेको छ । यसरी सत्ताको आडमा राष्ट्र सेवक कर्मचारीहरु माथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु अत्यन्त निन्दनीय कार्य हो । यसले एकातिर कर्मचारीहरु उच्च मनोवलका साथ काम गर्न सक्दैनन भने अर्कोतर्फ आम सर्वसाधारणमा सरकारी कार्यालयहरुमा सत्ताधारी राजनीतिक दलको ठाडो हस्तक्षेप हुने गर्दछ भन्ने गलत सन्देश प्रवाह हुने गर्दछ । तसर्थ राष्ट्रसेवक कर्मचारीहरु माथि सत्ताधारी राजनीतिक दलका नेता तथा कार्यकर्ताले राजनीतिक चश्मा हेर्नु अत्यन्त दुरभाग्यपूर्ण हुनेछ ।

मंगलबार मात्र सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीको हकमा पनि सत्ताधारी नेकपाका नेता तथा कार्यकर्ताले राजनीतिक चश्मा हेर्दा छोटो अवधिमा नै उनको सरुवा हुन पुगेको देखिन्छ । यसले सिङगो तनहुँको प्रशासनिक क्षेत्रमा एक किसिमको गलत सन्देश प्रवाह गरेको छ । त्यसैले जिल्लाका अन्य सरकारी कार्यालयका कर्मचारी त्यसमा पनि प्रमुखहरुले निकै होशियारी पूर्वक कार्य गर्नुपर्ने देखिएको छ । यसो भन्दै गर्दा प्रजिअ अधिकारीको हकमा भने उनको काम गर्ने शैलीमा पनि केही न केही त्रुटी भने सुरु देखिनै देखिएको छ । जुन त्रुटिलाई उनले बेलैमा सुधार गर्नुपर्ने थियो । तर त्यसमा भने प्रजिअ अधिकारी चुके । जसले गर्दा सत्ताधारी नेकपाका नेता तथा कार्यकर्तालाई उनलाई सरुवा गर्न थप बल मिल्यो । हो काम गर्दा त्रुटी नहुने भन्ने हुँदैन त्यसलाई सुधारको अवसर दिनुपर्दछ । तर प्रमुख जिल्ला अधिकारी अधिकारीलाई भने सत्ताधारी नेकपाका नेता तथा कार्यकर्ताहरुले २४ घण्टेको घण्टी बाँधेर तनहुँबाट सरुवा गरेको अवस्था छ । जुन विषय सामान्य सर्वसाधारणलाई समेत स्वीकार्य भई रहेको अवस्था छैन । आशा गरौं, आगामी दिनमा यस किसिमको नियती तनहुँका प्रमुख जिल्ला अधिकारी लगायत अन्य कुनै पनि सरकारी कर्मचारीहरुले भोग्न नपरोस् ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s