तनहुँका प्रजिअको सरुवा प्रकरणः सांसद श्रेष्ठ पक्ष हर्षित, नेकपाको भने बदनाम

दमौली, ९ साउन ।


आकस्मिक रुपमा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको सरुवा भएको विषयलाई लिएर विभिन्न तर्र्क वितर्क भईरहेका छन् ।
यसरी तर्क वितर्क हुने क्रममा कतिपयले प्रजिअको सरुवामा पार्टीका निर्वाचित जनप्रतिनिधी तथा जिल्ला स्तरीय नेताहरु सक्रिय रुपमा लागि परेको तर्क अगाडि सारेका छन् भने कतिपयले भने पार्टीका निर्वाचित सबै जनप्रतिनिधी नभई पार्टीबाट निर्वाचित केही जनप्रतिनिधी लागेको भन्दै तर्क वितर्क गरिरहेका छन् । यस विषयमा सेतीमादी दैनिकले गहिरिएर अध्ययन गर्दा प्रजिअको सरुवा प्रकरणमा सबैभन्दा बढी सक्रिय रुपमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ बढी लागि परेको बुझिएको छ । आफूले भनेको नमानेको भन्दै श्रेष्ठ केही समय अगाडि देखि प्रजिअको सरुवा अभियानमा लागि परेका थिए । त्यसका लागि सांसद श्रेष्ठले पार्टीका माथिल्लो तहका नेताहरुलाई धेरै नै हारगुहार गरेका थिए । श्रेष्ठले धेरै नै हार गुहार गरेपछि प्रजिअ अधिकारीको सरुवा भएको हो । प्रजिअ अधिकारीको सरुवासगै सांसद श्रेष्ठ पक्षधर कार्यकर्ता भने हर्षित हुन पुगेका छन्।


यता प्रमुख जिल्ला अधिकारीको सरुवा हुँदै गर्दा तनहुँमा नेपाल कम्युष्निट पार्टी (नेकपा)को बदनाम हुन पुगेको छ । कोरोनाको कहरमा खटिदै गर्दाको अवस्थामा नेकपा नेतृत्वको सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको भन्दै पार्टीको भने बदनाम हुन पुगेको हो । यो प्रकरणको विषयलाई लिएर नेकपा तनहुँ भित्र चर्को वहस हुने निश्चित जस्तै छ ।


आखिर के हो त प्रजिअ सरुवाको जड ?
तनहुँका प्रजिअ अधिकारीको सरुवाको प्रमुख जड खोतल्दै जाँदा प्रदेशमन्त्री हरिबहादुर चुमन र संघीय सांसद श्रेष्ठलाई प्रजिअ अधिकारीले गरेको व्यवहार नै मुख्य भएको बुझिन आएको छ । प्रदेशमन्त्री चुमनले भनेका कुराहरुको तत्कालै रेस्पोन्स गर्ने गरेको र आफूले भनेका कुराहरुमा कुनै रेस्पोन्स नगरेको विषय प्रति सांसद श्रेष्ठ प्रजिअ प्रति असन्तुष्ट बन्दै आएका थिए । यसरी असन्तुष्ट बन्दै आएका सांसद श्रेष्ठ कुनै पनि हालतमा प्रजिअलाई सरुवा गर्ने योजनामा लागि परेका थिए । प्रजिअ अधिकारीको सरुवाको योजनामा रहेका श्रेष्ठ यतिखेर आएर सफल भएका छन् ।


तत्कालिन माओवादी पक्ष असन्तुष्ट
यता प्रजिअको सरुवा प्रकरणमा तत्कालिन माओवादी पक्ष असन्तुष्ट रहेको बुझिएको छ । प्राप्त जानकारी अनुसार तत्कालिन माओवादीका जिल्ला स्तरीय नेताहरुले प्रजिअ अधिकारीलाई भेटेर सान्तवना समेत दिएका थिए ।


क्रसर उद्योगको अनुगमन बलिरहेको आगोमा घिउ बन्यो
यता प्रजिअ अधिकारीको सरुवा प्रकरणमा केही दिन अगाडि क्रसर उद्योगको अनुगमन पनि बलि रहेको आगोमा घिउ वन्न पुगेको छ । तर प्रजिअ अधिकारी यस अगाडि क्रसर उद्योगलाई कार्वाही गर्ने विषयमा त्यति कडा रुपमा प्रस्तुत भएको देखिएको थिएन । क्रसर उद्योगको कार्वाही गर्ने अधिकार स्थानीय तहको भएको भन्दै पन्छिन गरेका थिए । तर सरुवा भए लगत्तै पछिल्लो समय प्रजिअ अधिकारीले गरेको क्रसर उद्योगको अनुगमन बलि रहेको आगोमा घिउ बन्न पुगेको छ । अर्थात सरुवा प्रकरणमा क्रसर उद्योगको अनुगमन थप कारण हुन पुगेको चर्चा चल्न थालेको छ ।
काग्रेस प्रति नरम भएको आरोप
यता प्रजिअ अधिकारी माथि प्रमुख प्रतिपक्ष नेपाली काग्रेस माथि गर्ने व्यवहार नरम भएको आरोप समेत लागेको छ । जसले गर्दा सांसद श्रेष्ठ असन्तुष्ट बन्न पुगेको चर्चा यत्रतत्र चलेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s