
दमौली, ९ साउन ।
क्षेत्री समाज नेपाल र क्षेत्री समाज महिला संगठन तनहुँद्धारा व्यास–९ का पहिरो पीडित राहत हस्तान्तरण गरिएको छ ।
सो अवसरमा पहिरो पीडित १५ हजार रुपैयाँ राहत प्रदान गरिएको थियो । राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सुरेश थापा, समाजका केन्द्रीय सदस्यद्धय राजेन्द्र अधिकारी, क्या. भरतबहादुर अधिकारी र समाजकी महिला संगठनकी अध्यक्ष मञ्जु थापा लगायतको उपस्थिती रहेको थियो । उक्त स्थानमा गएको पहिरोमा परी ३ जनाको ज्यान गएको थियो भने १ जना अझै वेपत्ता भएका छन् । यसैगरी ऋषिङको पहिरो पीडितलाई ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीहरुले सहयोग हस्तान्तरण गरेका छन्।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए अनुसार पीडित परिवारलाई ४२ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । दुबै स्थानका पहिरो पीडितलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले यस अगाडि सहयोग हस्तान्तरण गरेका थिए ।