पुनः लक डाउन गर्ने अवस्था सिर्जना नहोस्

विश्व व्यापी रुपमा फैलिएको कोरोनाका त्रासका कारण सरकारले लागू गरेको लक डाउन अन्त्य भएको घोषणा गरेको छ । चैत ११ देखि सुरु गरिएको लक डाउन जम्माजम्मी १ सय दिन लागू भएको देखिन्छ । यति लामो समय सम्म लक डाउन जारी हुँदा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु ठप्प हुन पुगे । त्यसमा पनि राजधानी भित्रिनेहरुका लागि निकै नै कडाई गरिएको थियो । खासगरी कोरोनाका संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा गएर घुलमिल हुन नपाउन र समुदायमा फैलन नपाओस् भन्ने उदेश्यका साथ नै लक डाउन घोषणा गरिएको थियो । सरकारले जुन उदेश्यका साथ लक डाउन घोषणा गरेको थियो त्यसले कोरोना नियन्त्रणका लागि धेरै हदसम्म मद्धत पनि पुग्यो । त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ । तर लक डाउन हुँदै गर्दा व्यापार, व्यवसाय, उद्योग–धन्दा, कलकारखाना, पर्यटन तथा होटल व्यवसाय, शिक्षण संघ संस्था,यातायात लगायतका क्षेत्र ठप्प हुन पुगे । समग्रमा भन्नु पर्दा सम्पूर्ण क्षेत्र नराम्ररी प्रभावित हुन पुगे । जसले गर्दा सिङगो मुलुकको अर्थतन्त्र धराशयी हुन पुगेको छ ।

लक डाउन खुल्दै गर्दा धराशयी बनेको मुलुकको अर्थतन्त्रले काँचुली फेर्ने अपेक्षा आम सर्वसाधारणले गरिराखेको अवस्था छ । तर आम सर्वसाधरणले जुन हिसाबले अपेक्षा गरेका छन् ।त्यो त्यति सहज देखिदैन । तसर्थ लक डाउनका कारण अस्तव्यस्त बन्न पुगेको नेपालको हर क्षेत्रलाई विशेष हिसाबले हेर्नु पर्ने देखिन्छ । अन्यथा लक डाउन पछिको पछिको अवस्था झन नाजुक भएर जाने निश्चित छ । साथै लक डाउन खुले सगै कोरोना समुदायमा फैलने सम्भावना समेत त्यतिकै रहेको छ । त्यस तर्फ पनि सरकार देखि आम नागरिकले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । विश्वका अन्य मुलुकहरुमा हेर्ने हो भने लक डाउन खुलेपछि पुनः लक डाउन गर्नुपरेको अवस्था छ । आशा गरौं, पुनः लक डाउन गर्ने अवस्था सिर्जना अवश्य हुने छैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s