तनहुँमा ३८ औं विपी स्मृती दिवस मनाईयो

दमौली ,७ साउन ।


तनहुँका १० वटै स्थानीय तहमा ३८ औं विपी स्मृती दिवस मनाईयो ।
यसक्रममा नेपाली काग्रेस व्यास नगर समितिको आयोजनामा व्यास –५ पराशर आश्रम आसपासको क्षेत्रमा वृक्षारोपण आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले विपी कोइरालाका सिद्धान्तलाई नेपाली काग्रेसले अवलम्बन गर्न नसक्दा मुलुकले आजको नियती भोग्नु परेको बताएका थिए । काग्रेस पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने हो भने विपीले देखाएको बाटोमा काग्रेसका नेता तथा कार्यकर्ता हिड्न पर्नेमा समेत पूर्वमन्त्री समेत रहेका भण्डारीले जोड दिएका थिए ।


कार्यक्रममा नेपाली काग्रेसका सभापति बैकुण्ठ न्यौपाने, नगर सभापति शान्तिरमण वाग्ले लगायतले समेत धारणा राखेका थिए । यसैगरी म्याग्दे नेपाली काग्रेस म्याग्दे गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा समेत केन्द्रीय सदस्य भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले र नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले लगायतले बोलेका थिए । त्यस्तै भानु, आँबुखैरेनी, घिरिङ लगायतका स्थानीय तहहरुमा समेत वृक्षारोपण आयोजना गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s