आकस्मिक रुपमा तनहुँका प्रजिअ अधिकारीको सरुवा

दमौली , ७ साउन ।

आकस्मिक रुपमा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको सरुवा भएको छ ।

४ महिना अगाडि मात्र सरुवा भएर आएका अधिकारीको मंगलबार सरुवा भएको हो । आकस्मिक रुपमा सरुवा भएका अधिकारीको बुधबार बिदाई समेत भएको छ । अधिकारीको ठाउँमा गृहमन्त्रालयबाट सागर आचार्य आउने भएका छन् । छोटो अवधिमा प्रजिअ अधिकारीको सरुवा भएको विषयलाई तनहुँमा निकै चासोको साथ हेरिएको छ । तनहुँमा चर्चा चले अनुसार सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधीहरुको चित्त बुझाउन नसक्दा अधिकारी सरुवाको चपेटामा परेका हुन् । त्यसमा पनि प्रजिअ अधिकारीले संघीय सांसदहरुको चित्त बुझाउन नसकेको बुझिएको छ । खासगरी सत्ताधारी नेकपाले आफू भने बमोजिमको काम नगरेको संकेत देखिएसगै अधिकारीलाई सरुवा गर्ने खेल भित्रभित्रै सुरु भएको थियो । जुन विषयका बारेमा प्रजिअ अधिकारी जानकार समेत थिए । सो विषयलाई उनले आफ्नो वृतमा भन्ने समेत गरेका थिए ।

सत्ताधारी नेकपाको निर्वाचित जनप्रतिनिधीहरुको चित्त बुझाउन नसकेका प्रजिअ प्रशासन हाँक्ने विषयमा सुरु देखि नै अलि कमजोर रुपमा समेत प्रस्तुत भएको देखिन्थ्यो । त्यसमा पनि लक डाउनको सुरुवाती मा नै चिया पसलमा प्रहरीले कार्वाही गर्दा चिया खाँदा खादै छाडेर हिड्नु परेको विषयले उनी आलोचित बनेका थिए । त्यस लगत्तै क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना गर्ने विषयमा समेत कडा निर्णय लिन नसक्दा जिल्ला भरिनै एक किसिमको समस्या सिर्जना हुन पुगेका कारण पनि गृह मन्त्रालय वृतमा उनको कार्य शैली माथि प्रश्न चिन्ह उब्जिन पुगेको थियो । यहाँसम्मकी शुक्लागण्डकी नगरपालिकामा क्वारेन्टाइन राख्ने विषयमा एक जना प्र्रतिनिधीले सिङगो प्रशासन माथि धम्कीपूर्ण शैलीमा प्रस्तुत हुँदा समेत प्रजिअ अधिकारी मौन बसेका थिए । जसले गर्दा उनको कार्य क्षमता माथि त्यतिबेला नै प्रश्न चिन्ह उब्जिन पुगेको थियो ।

प्रजिअ अधिकारी नजिकबाट नियालेर हेर्ने हो भने अधिकारी नेताको भनसुनले भन्दा पनि आफै पाराले काम गर्ने व्यक्ति थिए । जुन कुरा सत्ताधारी पार्टीका निर्वाचित जनप्रतिनिधीहरुलाई स्वीकार्य भई रहेको थिएन । सत्ताधारीका निर्वाचित जनप्रतिनिधीलाई स्वीकार्य नभएकै कारण उनी सरुवाको सिकार बन्न पुगे ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s