संकटमा वीपी सम्झ“दा

मनसुन शुरु भएयता नेपालमा मृत्यु हुनेको संख्या ११३ पुगेको छ । घाइते, विस्थापित, वेपत्ता, भौतिक पूर्वाधर र धनको क्षतिको थप विवरण आईसकेको छैन । सोमबारसम्म कारोनाबाट मुत्यु हुनेको संख्या ४० पुगेको छ । त्यस्तै १७ हजार ४४ जना संक्रमित भएका छन् । ११ हजार ८६ जना निको भएका छन् । क्वारेन्टिन, त्यसमा बस्ने र पूर्वतयारीलगायतका अन्य कुरा त छँदैछन । यो महामारीको त्रास ज्यूका त्यूँछ । त्यसमै थपिएको छ । सलह र सत्तारुढ दलको कलह । बालीनाली सखाप पार्ने सलह आउने जाने गरिरहेको छ । यी प्राकृतिक विपत्तिले भोकमरी, वेरोजगारी, आर्थिक लगायतका संकट र एउटा मनोवैज्ञानिक त्रास बढाएको छ । यहीबेला वैशाख यता सत्तारुढ दलभित्र भएको नीति, निष्ठा र सिद्धान्त विनाको घरझगडाले यी तमाम प्राकृतिक विपत्तिमा सरकारी काम कार्वाही कमजोर बनाइदिएको छ । संकट भन्दा स्वास्र्थ र जनता र देशभन्दा सत्ता ठूलो भन्ने दृष्टान्तलाई मलजल दिने काम भएको छ । जनतामा निराशा थपेको छ । यसले आर्थिक रुपमा समृद्ध नयाँ नेपाल बनाउने चुनावताका भएको प्रतिबद्धतामा दिनप्रतिदिन खिया लाग्दै गएको छ।

यही बेला मुलुकका नेपाली वामपन्थी आन्दोलनका अग्रज पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष वीपीलाई सम्झने समय आएको छ । राजनीतिमा सिद्धान्त र निष्ठाबाट अनुप्राणित भएर नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा आधुनिक नेपाली समाजको रुपान्तरणको खाका कोर्नमा वीपीको ठूलो योगदान छ । किसानलाई शिर र सिंहदरबारमा राखेर आम नेपालीलाई मध्यम वर्गीय हैसियतको आर्थिक अवस्थामा पुर्याउने वीपीको चाहना २०१७ साल पुष १ गतेको कालो दिनले तुषारापात गरेपनि वीपीको त्यो प्रजातान्त्रिक समाजवादी दर्शन अझै उनले स्थापना गरेको काँग्रेस पार्टीले सरकार र संगठनलाई अघि बढाउने दौरान बेला बेला बोल्ने गरेको छ । तर त्यो अझै साकार हुन सकेको छैन । मुलुक विपत्तिको भुंग्रोमा फसेको बेला प्रतिपक्षीको रुपमा काँग्रेसले सकारलाई खवरदारी गर्ने र जनताको आहातमा मलमपटी लगाउने कुरामा हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन । सरकार जनताका कुरामा निस्पृह र भ्रष्टाचार, विकृति, विसंगतिमा रुमल्लिदा काँग्रेसले छाँया सरकार र प्रतिपक्षीको रुपमा जनतामा आशा जगाउने काम गर्न सकेको छैन । वीपीको आज ३८ औं स्मृति दिवस हो । साहित्य, राजनीति र समाज रुपान्तरणको एउटा बहुआयामिक व्यक्तित्वको प्राञ्जल छवि कोरेका व्यक्ति वीपीलाई सम्झदा निष्ठायुक्त राजनीतिक सिद्धान्त मात्र होइन मुलुक निर्माणको एउटा उज्यालो अग्लो शिखर पुरुषको झझल्को आउँछ । एउटा किसान मध्यमवर्गीय बन्ने एउटा प्रतिनिधि नेपालीको राजनीतिक दर्शनको बलशाली धारणा जागृत भएर आउँछ । त्यस्तै उज्यालो छवि थियो पृष्पलालको पनि । मुलुक अहिले एउटा प्राकृतिक संकट र दलहरुभित्र पन्पिएको दन्तबझानमा रुमल्लिरहेका बेला देश र जनताले वीपी र पुष्पलालले सोचेको जस्तै देशमा सुशासन, शान्ति, विकास र जनअपेक्षा अनुरुप काम होला भन्ने आशा जगाउन वर्तमान राजनीतिक नेतृत्व सक्षम होला भन्ने आशा गर्न सक्लान त ? यक्ष प्रश्न हर नागरिकमा उब्जेको छ । वीपी स्मृति दिवसमा वीपीप्रति हार्दिक श्रद्धाञ्जली ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s