तनहुँमा बाढी पहिरोको कहरः राजमार्ग बगायो , दर्जनौ घर पहिरोको चपेटामा

दमौली, ६ साउन । केही दिन परेको अविरल बर्षाकाका कारण तनहुँमा थप क्षति भएको छ ।

सोमबार रात भरि परेको अविरल बर्षासगै मंगलबार बिहान आएको बाढी पहिरोले पृथ्वीराजमार्गको मुग्लिङ कोत्रे सडक खण्डको विभिन्न भागमा सडक बगाएको छ । त्यसमध्ये पनि नाहालमा बाढी सडकको सम्र्पक विच्छेद हुन पुगेको छ ।

त्यस्तै बाढी पहिरोले डुम्रेस वेशीशहर सडक खण्डको विभिन्न भागमा क्षति पुरयाएको छ । सो सडक खण्डमा आधा दर्जन भन्दा बढी भागहरुमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको छ ।
त्यसैगरी पहिरोले सदरमुकाम दमौली देखि प्रसिद्ध धार्मिक स्थल जोड्ने छाब्दी मार्गमा समेत क्षति पुरयाएको छ । सो मार्ग समेत बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्किन पुगेका छन् । सो पहिरोमा परी दुई जना सामान्य घाईते समेत भएका छन् । जिल्लामा बाढी पहिरोका कारण दर्जनौ घरहरु पहिरोको चपेटमा परेको प्रारम्भिक जानकारी आईरहेको समेत डिएसपी तिमिल्सेनाले बताए ।

तनहुँमा मंगलबार आएको बाढी पहिरोले व्यास र भानु नगरपालिका तथा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकामा बढी क्षति पुगेको छ ।

यसैबीच भानु नगरपालिकाको पहिरो पीडित राहत हस्तान्तरण जाने तयारीमा रहेका नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी बाटो अवरुद्ध भएका कारण घटना स्थलमा जान सकेका छैनन ।

यता जिल्लाका खोला नदीहरुमा समेत पानीको बहाव निकै उच्च हुन पुगेको छ । दासढुङगाको पुललाई पानीले छोएको अवस्था छ भने अन्य खोला नदीहरुमा समेत पानीको वहाव अन्य दिनको तुलनामा निकै नै बढेको छ ।

तस्बिरहरु सौजन्य ः सामाजिक सञ्जालबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s