विवादको भूमरीमा फस्दै नेकपा

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्नका लागि आउँदो मंसिरमा महाधिवेशन गर्ने भनि राखेको प्रस्तावलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सर्मथन जनाएसगै नेकपा भित्रको विवाद अन्त्य भएको अनुमान गरिएको थियो । त्यसमा पनि दुई अध्यक्ष शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरेपछि त झन उक्त प्रस्तावले वैधानिकता पाएको ठहर गरिएको थियो । तर अध्यक्षद्धय शितल निवासबाट फर्केर वालुवाटार र खुमलटार पुग्न नपाउँदै पार्टीका अन्य शीर्ष नेताहरुले विरोध जनाएसगै नेकपा भित्र अन्त्य हुँदै गरेको विवाद पुनः व्यूँतिन पुगेको छ । यहाँसम्मकि कार्यकारी अध्यक्ष दाहालले आफूलाई परिवन्दमा पारेर शितल पुरयाइएको भन्ने जवाफ दिएका छन् ।त्यतिमात्र होइन अध्यक्ष दाहालले आफूले अर्का अध्यक्ष ओलीसंग कुनै पनि किसिमिको सहमति नगरेको समेत बताएका छन् ।

विगत केही समय यता नेकपा भित्र जारी विवाद सहजै समाधान हुन अवस्था देखिदैन । त्यसको एक विकल्प भनेको प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु नै हो । तर प्रधानमन्त्री ओली दुबै पदबाट राजीनामा दिने पक्षमा छैनन । नेकपा भित्रको पछिल्लो राजनीतिलाई नजिकबाट नियालेर हेर्ने हो भने प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा नदिएपनि प्रधानमन्त्रीबाट राजीनामा दिदाँ विवाद केही हदसम्म भएपनि विवाद हुन अड्कलबाजी लगाईएको छ । तर प्रधानमन्त्री ओली कुनै पनि हालत राजीनामा दिने पक्षमा छैनन् । यसरी पार्टी भित्रको आन्तरिक किचलोको कारण सिङगो मुलुकलाई बन्धक बनाईनु हदै सम्मको लज्जाजनक विषय हो ।तसर्थ यस विषयमा नेकपाका नेताहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अघिल्लो निर्वाचनलाई फर्केर हेर्ने हो भने जनताले यसरी विवादमा अल्झिनका लागि जनताले मत दिएका थिएनन् तर नेकपाले जनताले दिएको मतलाई पुरै अवमूल्यन गरिरहेको छ । के नेकपा जस्तो जिम्मेवार राजनीतिक दलले यसरी जनताको मतलाई अवमूल्यन गर्न मिल्छ ? कदापि मिल्दैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s