
दमौली ५ साउन
विपी स्मृती दिवसको अवसर पारेर नेपाली काग्रेस व्यास नगर समितिले वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली काग्रेस व्यास नगर समितिका सभापति शान्तिरण वाग्लेको अध्यक्षतामा आइतबार बसेको नगर समितिको बैठकले सो निर्णय गरेको हो । जसअनुसार व्यास ५ स्थित पराशर आश्रम परिसरमा रहेको पार्कमा साउन ६ गते बिहान वृक्षारोपण कार्यक्रम गरिने भएको छ । यसैगरी विपी स्मृती दिवसका अवसरमा जिल्लाका अन्य स्थानीय तहहरुमा समेत वृक्षारोपण गरिने भएको छ ।