रोटरी क्लब अफ दमौलीद्धारा रोटरीयनलाई कट्स

दमौली ५ साउन


रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागि क्लब अफिसर ट्रेनिङ सेमिनार (कट्स) सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरीले समाजमा अलग पहिचान बनाउन सफल भएकाले समय र सन्दर्भ बदलिदै जादा सोही अनुसार आफुलाई अपडेट गर्दै जानु पर्ने बताए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले अहिलेको वर्तमान अवस्थामा समाजमा परेको प्राकृतिक विपत्तीमा क्लबले सहयोग गर्न आवश्यक रहेको बताए ।


सो अवसरमा क्लवका पूर्व अध्यक्ष एवम् रोटरी डिष्ट्रीक को–टे«नर हरिसिं गुरुङ्ले रोटरीको परिचय, यसको स्थापना, ऐतिहासिक विकासक्रम, रोटरी क्लबको सदस्ययता, रोटरीका कार्यक्षेत्र र रोटरी क्लबका विभिन्न पद तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार लगायतका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै गरी कार्यक्रममा पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, पे्रसिडेन्ट इलेक्ट दिनेश कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सुर्जकुमार मल्ल, क्लवका सचिव सागर पौडेल लगायतले बोलेका थिए ।
क्लवका नव आगन्तुक सदस्यहरुलाई क्लवको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिन तथा पुराना सदस्यहरुलाई नयाँ अद्यावधिक भएका क्लब सम्बन्धी सूचनाहरुका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिना कैनीले जानकारी दिइन । तालिममा क्लबका २६ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s