यस्तो छ दुई जनाको ज्यान गएको भानको पहिरो

दमौली , ५ साउन । आज परेको अविरल बर्षा सगै आएको पहिरोमा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले दिएको जानकारी अनुसार दिउँसो साँढे २ बजेको समयमा भानु नगरपालिका वडा नं ९ सिमगैरामा पहिरो जाँदा ८० बर्षिय तिलमायाँ धौलारी र उनकी १४ बर्षिय नातिनी सिताष्मा धौलारीको मृत्यु हुन पुगेको छ ।मृतकद्धय मध्ये बृद्धाको शव पहिरो गएको स्थलबाट निकालिएको थियो भने बालिकालाई उद्धार गरेर थप उपचारका लागि ल्याइएको भएपनि बाटोमा नै मृत्यु भएको थियो ।


घटना भए लगत्तै स्थानीय र प्रहरी उद्धार कार्यमा खटिएका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार पहिरोले दुई घरमा क्षति पुगेको छ । त्यसैगरी भानु नगरपालिकाकै सशस्त्र प्रहरी बल नजिकैको खहरेमा खोलामा आएको बाढीमा अलपत्र परेका एकजनालाई सशस्त्र प्रहरी बल मनकामना गणका सुरक्षाकर्मीले उद्धार गरेको सशस्त्र प्रहरी बल मनकामना गणका प्रमुख कृष्ण कोइरालाले बताए । सोमबार परेको अविरल बर्षाले जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुरयाएको छ । क्षतिको विवरण आउने क्रम जारी रहेको छ । यता माँझफाँटको पहिरोमा वेपत्ता भएका एक युवकको शव आज सम्म फेला पार्न नसकिएको समेत तनहुँका प्रहरी प्रमुख पौडेलले बताएका छन् । पोखराबाट तालिम प्राप्त कुकुर ल्याएर खोजी गरेको भएपनि पत्ता नलागेको प्रमुख पौडेलले बताए ।
यसैबीच पहिरोमा ज्यान गुमाएको घटना प्रति काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्री भण्डारीले दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

तस्बिर सौजन्य ः सुजन थपलिया

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s