पूर्वमन्त्री भण्डारी गृह जिल्लामा व्यस्त बाढी पहिरो स्थलको निरिक्षण देखि प्रजिअसंग लिए क्षतिको जानकारी

दमौली ५ साउन


पूर्वमन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी आइतबार पनि गृह जिल्लामा व्यस्त रहे ।
यसरी व्यस्त रहने क्रममा पूर्वमन्त्री भण्डारीले पहिरोले क्षति पुरयाएको ऋषिङ पुगी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । त्यसक्रममा पूर्वमन्त्री भण्डारीले पहिरो पीडित परिवारलाई राहत समेत हस्तान्तरण गरेका थिए । त्यस्तै पूर्वमन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी सहित प्रहरी प्रमुख अरुण पौडेल लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु संग भेटघाट गरी बाढी पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा पुर्याएको अवस्थाका बारेमा जानकारी लिएका थिए । त्यसक्रममा पूर्वमन्त्री भण्डारीले राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न समेत आग्रह गरेका थिए । केन्द्र तहबाट कुनै पनि किसिमको सहयोग गर्नुपरेको खण्डमा आफू सधै तत्पर रहेको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।


पूर्वमन्त्री भण्डारी आइतबार छाब्दीमा काग्रेसका अग्रज स्व.रामचन्द्र पन्थको श्रद्धाञ्जली सभामा समेत सहभागी भएका थिए । श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेक्रममा स्व. पन्थले पुरयाएको योगदानको चर्चा गर्दै पार्टीले उच्च मूल्याङकन गर्ने बताएका थिए । श्रद्धाञ्जली सभामा हिमबहादुर रानाभाट, भोजराज पन्थ, उदयचन्द्र कंडेल लगायतले बोलेका थिए । पूर्वमन्त्री भण्डारीले आज व्यास ९ को पहिरोबाट घाइतेका परिवारलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s