गौमाता संरक्षण केन्द्रमा ट्रष्ट शिलान्यास

दमौली ५ साउन


व्यास–१० दुम्सी भतेरी स्थित गौमाता संरक्षण केन्द्रमा ट्रष्ट निर्माण गरिने भएको छ ।
सो कार्यको पूर्वमन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै पूर्वमन्त्री भण्डारीले हिन्दू धर्ममा गाईको विशेष महत्व रहेको हुँदा गाईको संरक्षणमा जुट्नु पर्नेमा जोड दिएका थिए । देशी विदेशी शक्तिहरु मिलेर हिन्दू धर्म समाप्त पार्ने खेल भईरहेको हुँदा हिन्दु धर्मको संरक्षणमा लाग्नुपर्ने बेला आएको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । नेपाली राष्ट्रियता जोगाउनका लागि काग्रेसले हिन्दू धर्मको एजेण्डालाई सशक्त ढंगले उठाउनुपर्नेमा पनि पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए ।
त्यसक्रममा पूर्वमन्त्री भण्डारीले गौमाता केन्द्रको स्तरोन्नोतिका लागि आफ्नो ठाउँबाट सक्दो प्रयत्न गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । साथै पूर्वमन्त्री भण्डारीले कृषिमन्त्री घनश्याम भूषाललाई टेलिफोन गरी सक्दो सहयोग गर्न अनुरोध समेत गरेका थिए । कृषिमन्त्री भूषालले पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सहरमा छाडा छोडिएका गाईको संरक्षण गर्ने उदेश्यले गौमाता केन्द्र स्थापना गरिनु अत्यन्त सह्रानीय कार्य भएको बताएका थिए । यो केन्द्रको संरक्षणका लागि सक्दो प्रयत्न गर्ने समेत प्रमुख वाग्लेको भनाई थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष तुलसीराम सापकोटाले व्यास नगरपालिकाको अगुवाईमा सुरु भएको गौमाता संरक्षण केन्द्रको विषयमा सबै चासो लिदै जान थाले सगै अत्यन्त खुसी लागेको बताएका थिए । गौमाता संरक्षण केन्द्रको स्तरोन्नोति गर्ने विषयमा वडा कार्यालय सक्दो प्रयास गरिरहेको समेत सापकोटाको भनाई थियो । प्रजापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा व्यास १० का युवा ईश्वर पौडेल र श्रीकृष्ण आचार्यले समेत बोलेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s