म्याग्दे गाउँपालिकाद्धारा राहत वितरण

दमौली , ३ साउन ।म्याग्दे गाउँपालिकाले बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ ।

म्याग्दे गाउँपालिकाले गाउँपालिकाका ७ वटै वडाका ६१ घरपरिवारलाई राहत वितरण गरेको हो । राहत सामाग्री गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष राना र उपाध्यक्ष घिमिरेले बाढी पहिरो पीडित गाउँपालिकाबासीले तत्काल राहत सामाग्री उपलब्ध गराउने विषयमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी अनुसार बाढी पहिरो पीडितहरुलाई नगद ५ हजार र खाना र बस्नका लागि आवश्यक पर्ने सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराएको छ । बाढी पहिरोले क्षति पुरयाएको ठाउँमा तत्काल राहत र उद्धारका कार्य भई रहेको समेत प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।

त्यस्तै प्र्रशासन प्रमुख प्रदीप न्यौपानेका अनुसार बाढी पहिरो पीडितहरुको विषयमा विवरण संकलन कार्य भईरहेको र वडा समन्वय गरेर राहत वितरण कार्यलाई प्रभावकारी ढंगले वितरण गर्ने कार्य भईरहेको छ ।
म्याग्दे गाउँपालिकामा बाढी पहिरोमा परि एकजनाको ज्यान गएको छ भने लाखौंको भौतिक क्षति भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s