विपद् व्यवस्थापनका लागि व्यास नगरपालिकाद्धारा एक करोड विनियोजन

दमौली ,१ साउन


विपद् व्यवस्थापनका लागि व्यास नगरपालिकाले एक करोड विनियोजन गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले व्यास नगरपालिकाको वडा नं ९ र ११ मा गएको पहिरोको घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका पीडित परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको यो निर्णय सगै माँझफाँटको पहिरोमा परि ज्यान गुमाएका दुई परिवार र वडा नं ११ को एक परिवारले सो राहत रकम पाउने भएका छन् ।
त्यसैगरी नगर कार्यपालिकाका बोर्ड बैठकले घाईतेहरुको शीघ्र स्वास्थ्य कामनाका साथै वेपत्ताको खोजी जारी राख्नका लागि खोजी कार्य जारी राख्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अबिरल बर्षाका कारण घाइते भएकाहरुलाई बढी ४० हजार रुपैयाँ, पूर्ण घर क्षति भएका ५० हजार र आंशिक घर क्षति भएकालाई ४० हजार सहयोग प्रदान गर्ने निर्णय समेत गरेको छ । त्यस्तै कार्यपालिका बैठकले वडा भित्र बिग्रिएका बाटो, कुलो र खानेपानीको विवरण संकलन गरी वडाकै समन्वयमा पुनःस्थापना कार्य तत्काल अगाडि बढाउने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले व्यास नगरपालिका भित्र खानेपानी, सडक, विद्युत्त, टेलिफोन लगायतका सेवा अवरुद्ध भएको खण्डमा सुचारु गर्नका लागि सम्बन्धित कार्यालयहरु संग समन्वय गर्ने निर्णय समेत गरेको छ ।
बैठक नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s