क्षतिको विवरण तत्काल संकलन गर

आइतबार देखि परेको अविरल बर्षाका सगै जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परि मानवीय क्षति भएको छ । यसरी मानवीय क्षति हुने क्रममा तनहुँ जिल्लामा ११ जनाको ज्यान गएको छ भने १ जना वेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परी आधा दर्जन भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् । बाढी पहिरो जिल्लामा मानवीय क्षति सगै कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा हेर्ने हो भने कृषकहरुले लगाएको धान, मकै र फलफूलमा बढी क्षति पुगेको छ । यहाँसम्मकि कतिपय ठाउँमा बाढी बगाएर समेत लगि दिएको छ । बाढीले अन्नबाली मात्र नभई खोला तथा नदी किनारमा व्यवसायिक रुपमा गरिएको कृषि फर्महरुमा समेत व्यापक क्षति पुर्याएको छ । खासगरी माछा र बङगुर पालनमा बढी क्षति पुगेको देखिन्छ । त्यस्तै बाढीले काठ उद्योगमा समेत नराम्ररी क्षति पुर्याएको छ । जंगलका खोल्सा –खोल्सी र खोला तथा नदी किनारमा उठाउने तयारीमा राखिएका र फर्निचर उद्योगहरुको गोदाममा राखिएका लाखौंका काठहरु बाढीले बगाएको अवस्था छ ।

यसका अतिरिक्त बाढीले सडक, खानेपानी, विद्युत, टेलिफोन, विद्यालय भवनहरु लगायतका संरचनाहरुमा समेत ठूलो क्षति पुरयाएको अवस्था छ । ति संरचनाहरु पुनः प्रयोगमा ल्याउनेका लागि करोडौं रकम खर्च गर्नुपर्ने अवस्था रहेको छ । तसर्थ जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले पुरयाएको क्षतिको विवरण जतिसक्दो छिटो संकलन गर्ने विषयमा प्रशासन र सम्बन्धित स्थानहरुले चासो देखाउनु जरुरी देखिन्छ । साथै बाढी पहिरो पीडित राज्यका तर्फबाट राहत उपलब्ध गराउने विषयमा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी देखिन्छ । अन्यथा बाढी पहिरोका कारण सयौं सर्वसाधारणहरु ठूलो नोक्सानी बेर्होनु पर्ने अवस्था देखिन्छ । जिल्ला प्रशासन कार्यालय तनहुँको प्रारम्भिक रिपोर्ट अनुसार करिब २सय घर परिवार विस्थापित भएको अनुमान गरिएको छ । त्यस्तै जिल्लाका विभिन्न स्थानमा कृषि र अन्नबालीमा ठूलो क्षति पुगेको विवरण संकलन भईरहेको छ भने भौतिक संरचनामा समेत निकै नै क्षति पुगेको छ । तसर्थ जिल्लाका विभिन्न स्थानमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गरी राहत र उद्धारमा प्रशासन र स्थानीय तहहरुले जोड दिनुपर्दछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s