
दमौली ,१ साउन
नेपाली काङग्रेस व्यास नगर समितिद्धारा व्यास –४ को कृष्णपुरका बाढी पीडितलाई राहत वितरण गरिएको छ ।
गत सोमबार बुल्दी खोलामा आएको बाढीले सो क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । प्रारम्भिक चरणमा २० घर बाढी पीडितलाई चामल, दाल, तेल, साबुन लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले आपत विपतमा परेका जनतालाई थोरै भएपनि सहयोग पुगोस भनेर पार्टीको नगर समितिले तत्काल राहत प्रदान गरेको बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसदद्धय डोवाटे वि.क. र सरिता गुरुङले समेत बाढी पीडितका लागि सहयोग गरेर काग्रेसको नगर समितिले सह्रानीय कार्य गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नगर सभापति शान्तिरमण वाग्लेले पार्टीको नगर समितिले यस अगाडि पनि विपद् घडीमा सहयोग गरेको र अहिले बाढी पीडितलाई समेत सहयोग गरेको बताएका थिए । नेपाली काग्रेसका वडा सभापति इन्द्रबहादुर दरैको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव सरोज भण्डारी लगायतले समेत बोलेका थिए । सोही अवसरमा रत्नहरि अस्पतालका तर्फबाट बाढी पीडितलाई सामाग्री खरीद गर्न सहयोग स्वरुप रु ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण समेत गरिएको थियो ।