बाढी पहिरोको कहरमा तनहु“

बर्षा याम सुरु भएसगै देशका विभिन्न भागमा बाढी पहिरोको कहर सुरु भएको छ । यसरी बाढी पहिरोको कहर सुरु हुने क्रममा केही दिन अगाडि गण्डकी प्रदेशको म्याग्दी, कास्की र लम्जुङमा बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्याएको थियो । जुन घटनाले गण्डकी प्रदेशबासीलाई स्तब्ध बनाई रहेको थियो । ति जिल्लाहरुमा गएको बाढी पहिरोको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्लाबासीले आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाई रहेका थिए । तर दुरभाग्य आइतबार देखि परेको अविरल बर्षाका कारण तनहुँ जिल्लामा समेत ठूलो धनजनको क्षति हुन पुगेको छ । पछिल्लो विवरण अनुसार बाढी पहिरोले व्यास नगरपालिका वडा नं ९ माँझफाँटमा ४ जनाको र व्यास–११ वडारेमा १ जनाको ज्यान गएको छ भने १ जना वेपत्ता अवस्थामा रहेका छन् । त्यसैगरी आइतबार नै ऋषिङ गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको ज्यान गएको छ भने म्याग्दे गाउँपालिकामा गएको पहिरोमा परि १ जनाको ज्यान गएको अवस्था छ । त्यस्तै ऋषिङ र माँझफाटको पहिरोमा परी घाईते भएका २ जनालाई उपचारका लागि पोखरा लगिएको अवस्था छ।

तनहुँ जिल्लामा ११ जनाको ज्यान जाने र १ जना वेपत्ता हुने गरी जुन हिसाबले बाढी पहिरोको घटना भएको छ । उक्त घटनाले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका आफन्तजनलाई एकातिर पीडा दिएको छ भने अर्कोतर्फ आम जिल्लाबासीलाई त्रास थपिदिएको छ । तसर्थ पछिल्लो पटक जिल्लाको विभिन्न भागमा भएका बाढी पहिरोको घटनालाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउनु जरुरी देखिएको छ । बाढी पहिरोबाट बच्ने एक मात्र विकल्प भनेको जोखिमयुक्त स्थानमा नबस्नु नै हो । त्यसैले बाढी पहिरोको यो समयमा बाढी पहिरो आउने सम्भावित स्थान भन्दा सुरक्षित स्थानमा बस्ने विषयमा विशेष ध्यान दिनु जरुरी देखिन्छ । त्यसका लागि प्रशासनले समेत सर्तक गराउनु जरुरी देखिन्छ । आशा गरौं, आइतबार देखिको अविरल बर्षाका कारण तनहुँबासीले जुन दुःखद घटना सुन्नु पर्यो आगामी दिनमा अवश्य पनि पर्ने छैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s