
दमौली ३१ असार
ऋषिङ गाउँपालिका पहिरो गएको स्थलको प्रदेशमन्त्री किरण गुरुङले निरिक्षण गरेका छन् ।
निरिक्षणमा गएको प्रदेशमन्त्री गुरुङले क्षतिको विषयमा जानकारी लिएका थिए । त्यस्तै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री गुरुङले जाहेर गरेका थिए । यसैगरी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी सहितको टोली घटनास्थलमा पुगि पीडित परिवारलाई जनही १ लाखका दरले राहत हस्तान्तरण गरेको छ ।
यसैबीच गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडित परिवारलाई गाउँपालिकाको तर्फबाट १ लाख रुपैया राहत उपलव्ध गराएका छन् । त्यस्तै म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले समेत पहिरोमा परेर मृत्यु भएकी लक्ष्मी बि.क.का परिवारलाई ५० हजार सहयोग गरेकी छन् ।