११ जनाको शव भेटियो

दमौली , ३० असार । सोमबार जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परि ज्यान गुमाएका मध्ये ११ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार व्यास नगरपालिका वडा नं ९को दुई स्थानमा गएको पहिरोमा परेका मध्ये ४ जनाको शव भेटिएको छ भने १ जना अझै वेपत्ता रहेका छन् । माँझफाँटको पहिरोमा परी ज्यान गुमाउनेमा ४० बर्षिय कमला थापा, २४बर्षिय मनोज थापा र २१ बर्षिय अन्जना थापा रहेका छन् । सो पहिरो परि २० बर्षिय राजेश थापा वेपत्ता रहेका छन् ।पहिरोमा परि केशरबहादुर थापा घाईते भएका छन् ।सो घटनामा पर्ने सबै एकै परिवारका सदस्य हुन् । त्यसैगरी माँझफाटकै अर्को घटनामा परी ७० बर्षिय मैतकुमारी घर्तिको समेत ज्यान गएको छ । यसैगरी व्यास ११ ओडारेमा गएको पहिरोमा परि वेपत्ता भएका ५२ बर्षिय पदम भुजेलको शव समेत आज फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै ऋषिङको पहिरोमा परि ज्यान गएका ५ जनाको शव समेत सोमबार नै निकालिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s