तनहुँमा बाढी पहिरो कहर ः६ को मृत्यु ५ वेपत्ता

दमौली , २९ असार । तनहुँमा गएराती देखि परेको अविरल बर्षा सगै आएको पहिरोका कारण तनहुँमा ६ को मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन् ।

तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए अनुसार ऋषिङ गाउँपालिकाको वडा नं ८ पल्टयाङ चुलीमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ ४ जना वेपत्ता भएका छन् । त्यस्तै व्यास नगरपालिका वडा नं ९ माँझफाँटमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ४० बर्षिय कमला थापा र २४ बर्षिय मनोज थापा सहित अन्य २ जना रहेको प्रहरी प्रमुख पौडेलले बताए । त्यस्तै १ जना वेपत्ता भएका छन् ।


त्यस्तै पहिरोमा परि म्याग्दे बेलडाँडीमा पहिरो जाँदा १७ बर्षिय लक्ष्मी वि.क.को मृत्यु भएको छ ।घाइते वि.क.लाई उपचारका लागि रत्नहरी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । बाढी पहिरोले राजमार्ग लगायत अन्य क्षेत्रमा ठूलो क्षति पुरयाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s