
दमौली , २९ असार । बाढी पहिरोले आज तनहुँ जिल्लामा पुरयाएको क्षतिप्रति काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् ।
साथै पूर्वमन्त्री भण्डारीले बाढी पहिरोमा परेकाहरुको तत्काल उद्धार र राहत जुट्न केन्द्र सरकार देखि स्थानीय तह र प्रशासनलाई आग्रह गरेका छन् । यसैबीच पूर्वमन्त्री भण्डारीले गृह सचिवलाई टेलिफोन तनहुँ जिल्लामा तत्काल राहत सामाग्री पठाउन आग्रह गरेका छन् ।
पूर्वमन्त्री भण्डारीका आग्रह अनुसार गृहसचिवले टेन्ट लगायतका सामाग्री पठाउने प्रतिबद्धता जाहेर गरेका छन् ।त्यस्तै पूर्वमन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख र स्थानीय तहका प्रमुखहरुलाई टेलिफोन गरी राहतमा कुनै कसर बाँकी हुन नदिन आग्रह गरेका छन् । साथै पूर्वमन्त्री भण्डारीले जिल्लाबासीलाई सर्तक रहन अपिल समेत गरेका छन् ।