बिहेबारी २० बर्ष पारी

नेपालको कानुनले २० बर्ष नपुगेको अवस्थामा कसैको विवाह गर्न गराउन बन्देज लगाएको छ । कानुन अनुसार २० बर्ष उमेर नपुगी गरिएको विवाह स्वतः बदर समेत हुने गर्दछ । त्यतिमात्र होइन कानुनमा बाल विवाह सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरुलाई तीन बर्ष सम्म कैद र तीस हजार सम्मको जरिवाना समेत तोकिएको अवस्था छ । बाल विवाहका विषयमा कानुनले स्पष्ट रुपमा यस किसिमले दण्ड जरिवानाको व्यवस्था गरेको भएपनि नेपाली समाजमा भने बाल विवाह पूर्ण रुपमा हट्न सकेको छैन । जसले गर्दा बालिकाहरु कम उमेरमा नै वैवाहिक जीवनमा बाँधिन बाध्य भईरहेका छन् । नेपालको प्ररिप्रेक्ष्यमा हेर्ने हो भने अहिलेका अवस्थामा अशिक्षित र विपन्न समुदायहरुमा बाल विवाह गर्ने क्रम जारी रहेको छ । यहाँसम्मकि कतिपय समुदायहरुमा त बाल—बालिका जन्मिए लगत्तै विवाहका लागि कुरो छिन्ने काम हुने गरेको पाइन्छ ।

यसै सन्दर्भमा व्यास नगरपालिकाको वडा नं ११ मा समेत केही दिन अगाडि एक १४ बर्षिय बालिकाको कानुन विपरित वैवाहिक कार्यक्रम भईरहेको अवस्थामा प्रहरीले बेलुहा सहित ५ जनालाई प्रकाउ गरी कार्वाही प्रक्रिया अगाडि बढाएको छ । व्यास नगरपालिकाको वडा नं ११ मा भएको यो बाल विवाहको घटनाले चेतनाको हिसाबले अग्रस्थानमा रहेको तनहुँको जिल्लाको अवस्थाको बारेमा छर्लङग पारि दिएको छ । हुन त तनहुँमा बाल विवाहको यो पहिलो घटना होइन । चेपाङ, घर्ति, तामाङ समुदायमा हेर्ने हो भने १२÷१३ बर्षमा नै विवाह हुने र २० बर्षको उमेर पुग्दा आधा दर्जनको हाराहारीमा सन्तान जन्माउने क्रम रहेको छ । जुनक्रम बर्षौ देखि जारी रहेको छ । तर ति समुदायहरुमा २० बर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित हो भन्ने ज्ञान आज सम्म सरोकारवालाहरुले बुझाउन सकिराखेका छैनन । जसले गर्दा २० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिन सकेको छैन । एकातिर चेतनाको अभावका कारण २० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने क्रम जारी छ भने पछिल्लो समय सामाजिक सञ्जाल मार्फत २० बर्ष भन्दा कम उमेरमा माया प्रेममा परेर विवाह गर्ने क्रम समेत सुरु हुन थालेको छ । यसले अत्यन्त गम्भिर परिस्थिती सिर्जना हुन थालेको छ । यस विषयमा बेलैंमा सचेत नहुने हो भने यसले गम्भीर परिस्थिती सिर्जना हुने देखिन्छ । तसर्थ बिहेबारी २० बर्ष पारि भन्ने भन्ने अभियानलाई सार्थकता दिलाउने विषयमा सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s