तनहुँ प्रहरीले धमाधम प्रकाउ गर्न थाल्यो फरार व्यक्तिहरुलाई

दमौली , २७ असार । तनहुँ प्रहरीले फरार व्यक्तिहरुलाई धमाधम प्रकाउ गर्न थालेको छ।

यसरी तनहुँ प्रहरीले धमाधम फरार व्यक्तिलाई प्रकाउ गर्ने क्रममा अवैध काठ ओसारपसार मुद्धामा विगत ८ बर्ष देखि फरार दुई जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं २ बस्ने कृष्णबहादुर भुजेल र सोही वडा निवासी कृष्णबहादुर रिमाल रहेका छन् । प्रकाउ परेका मध्ये भुजेललाई २ महिना १७ दिन र रिमाललाई २ महिना २३ देखिको कैद अदालतले तोेकेको थियो । दुबै जना अवैध काठ ओसारपसार मुद्धामा दोषी ठहर भएका थिए ।

त्यस्तै तनहुँ प्रहरीले फरार व्यक्ति प्रकाउ गर्नेक्रममा ज्यान मार्ने उद्योग मुद्धाका दुई फरार व्यक्तिलाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा रिसिङ गाउँपालिका वडा नं २ घर भई हाल वेलवासमा बस्दै आएका २४ बर्षिय कमलेश चन्द र बेलबास निवासी २६ बर्षिय मनोज परियार रहेका छन् ।चन्द र परियारले डेढ महिना अगाडि व्यास– १ निवासी सुरज रानालाई हतियार प्रयोग गरी घाइते बनाएका थिए ।
तनहुँ प्रहरीले यस अगाडि विभिन्न अभियोगमा दोषी ठहर भएका व्यक्तिहरुलाई प्रकाउ गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s