व्यास नगरपालिकाको ३३ औं नगर सभा सम्पन्न

दमौली , २६ असार


व्यास नगरपालिकाको ३३ औं नगर सभासम्पन्न भएको छ ।
यसअघि नगर सभा असार १० गते सुरु भएको थियो । बिहिबार सम्पन्न नगर सभाले आर्थिक बर्ष २०७७÷०७८का लागि १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार बजेट पास गरेको छ । सो कुराको जानकारी नगर सभा सम्पन्न लगत्तै पत्रकार सम्मेलन आयोजना गरी नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा नगर प्रमुख न्यौपानेले जानकारी दिए अनुसार शिक्षा र खेलकुद तर्फ रु.४५ करोड ८० लाख ५ हजार, पर्यटन प्रवद्र्धन तर्फ रु ४ करोड ५८ लाख, कृषि तथा पशुसेवा तर्फ रु.५ करोड २७ लाख, स्वास्थ्य तर्फ ७ करोड ४८ लाख, महिला, जनजाति तर्फ रु १ करोड ३ लाख, वडा पहुच मार्ग तर्फ १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै अन्य मार्ग सडक मार्ग र सडक नाला निर्माण तथा मर्मत ९ करोड १५, खानेपानी र विद्युतीकरण पूर्वाधार निमार्ण तथा मर्मत २ करोड ७७ लाख ७० हजार विनियोजन गरिएको छ । यसैगरी वातावरण तथा सरसफाई र विपद व्यवस्थापन कार्यक्रमको लागि १ करोड ४० लाख, केन्द्र एवं वडा कार्यालय भवन निर्माण तथा मर्मतको लागि १ करोड र अन्य विविध (कार्यालय चालु खर्च, वडा स्तरीय र अन्य ससर्त)को लागि ७५ करोड ७६ लाख ९४ हजार विनियोजन गरिएको छ ।


पत्रकार सम्मेलनमा नगर प्रमुख न्यौपाने व्यास नगरपालिकाकाले भाडामा सञ्चालन गरेका व्यवसायीहरुको लागि दुई महिनाको भाडा मिनाहा गर्ने, कृषक तथा सहकारी, समुहसँग सहकार्य गरी कृषि उत्पादन बजारीकरणको लागि कृषि साझेदारीमा माग भए बमोजिमको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने, नगरपालिकाले नै एम्बुलेन्स तथा सववाहन सञ्चालनमा ल्याउने जस्ता कार्य गर्ने निर्णय भएको जानकारी दिए । दमौली अस्पताललाई १५ बेडबाट स्तर उन्नती गरी ५० बेड बनाउनको लागि कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको १३ रोपनी जग्गा दमौली अस्पताललाई हस्तान्तरण गर्न पारित गरिएको उनले जानकारी दिए । यसैबीच नगर सभाले आर्थिक ऐन २०७७, वातावरणीय परिक्षण एवं व्यवस्थापन ऐन–२०७७, विनियोजन ऐन, व्यवसाय ऐन पनि सर्वसम्मत पारित गरिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।


पत्रकार सम्मेलनमा समग्र नगरबासीको हित हुने र समृद्ध नगर बनाउने लक्ष्यका साथ बजेट ल्याइएको नगरप्रमुख न्यौपानेको भनाई थियो । त्यस्तै कोरोना लक्षित गरेर विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता दिइएको समेत नगर प्रमुख न्यौपानेको भनाई थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s