बाल विवाहमा संलग्न ५ जना प्रकाउ

दमौली , २६ असार


बाल विवाह गर्दै गरेको अवस्थामा तनहुँ प्रहरीले ५ जनालाई बुधबार तनहुँ प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा गोरखा लखनथापा गाउँपालिका वडा नं ३ का २३ बर्षिय बेहुला सन्तोष अर्याल, बेहुलाका बाबु र पण्डित रहेका छन् । त्यसैगरी माइती प्रकाउ पर्नेमा बेहुलीका बाबु र आमा रहेका छन् । २३ बर्षिय अर्याल व्यास–११ की १४ बर्षिय बालिकासंग विवाह गर्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् ।


बालिकालाई सिन्दुर हालेर बेहुलाको घर लैजान लाग्दै गर्दा नियन्त्रणमा लिईएको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जाकारी दिए । प्रहरी प्रमुख पौडेलका अनुसार मुलुकी अपराध संहिता–२०७४ को विवाह सम्बन्धि कुुसुरको दफा १७३ बमोजिम मुद्धामा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले छ । उक्त संहिता अनुसार २० वर्ष नपुगी विवाह गर्न गराउन हुँदैन । २० वर्ष अघि विवाह भए रोक्ने, बदर गर्ने कानुनी व्यवस्था छ । बाल विवाहमा सलग्नलाई ३ वर्ष जेल, ३० हजार सम्म जरिवानाको व्यवस्था रहेको समेत प्रमुख पौडेलले बताए ।
यसैगरी तनहुँ प्रहरी विगत १० बर्ष कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं ७ का ज्ञान बहादुर वि.क. रहेका छन् । वि.क.जिल्ला अदालतले २०६७ सालमा ६ बर्ष कैद र ४५ हजार ७ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार म्याग्दे गाउँपालिका वडा नं ३ मा लुकीछिपि बसेको अवस्थामा असार २३ गते वि.क.लाई प्रकाउ गरिएको थियो । वि.क.लाई कारागार चलान गरिएको समेत तिमिल्सेनाले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s