बाढी पहिरोबाट बच्न बेलैमा सचेतना आवश्यक

यसवर्ष प्राकृतिक विपत्तिबाट हुने क्षति बढी हुने अनुमान राष्टिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । यस वर्ष ३० जेठमा मनुसन शुरु पछि देशभर ३१ को ज्यान गईसकेको छ जुन अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी हो । यसवर्ष घाइतेसमेत बढ्ने प्राधिकरणको अनुमान छ । वर्षायाम शुरु भएसगै मुलुकभरि नै बाढीपहिरो र डुबानको समस्या एकपछि अर्को देखिनु वार्षिक क्यालेण्डको घटना जस्तै बनेको छ । विश्व परिवेशमा हेर्ने हो भने नेपाल बाढी, पहिरो र डुबानको समस्यामा ३० औं सूचीमा पर्दछ । यसले वर्षैनी बाढी, पहिरो र डुबानबाट ठूलो धनजनको क्षति हुँदै आईरहेको छ ।

प्रत्येक वर्ष नेपालमा बाढीपहिरोबाट १७८ को हाराहारीमा मृत्यु हुने गरको तथ्यांक छ । त्यस्तै ३३ हाराहारी वेपत्ता र ६ हजार ४९० घरपरिवार प्रभावित हुने गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै सरदरमा ५१ करोड बराबरको धनमालको क्षति हुन्छ । पछिल्लो पाँच वर्षमा मात्र बाढीपहिरोबाट ८९० को मृत्यु, १६१ वेपत्ता, ३२ हजार ४४० घरपरिवार प्रत्यक्ष प्रभावित र दुई अर्व ५७ करोड ९६ लाखको धनमालको क्षति भएको छ ।

खासगरी चुरे क्षेत्रमा भएको वन फँडानी र विना योजना स्थानीय तहमा चलेको डोजर बाढी र पहिरोको प्रमुख कारण हुन् । त्यसबाहेका सीमा क्षेत्रमा भारतद्धारा बनाइएका तटबन्धका कारण पनि बाढी डुवानको घटना बढ्दो छ । नेपालमा मनसुन ९० दिन रहँदा सो अवधिमा बाढीपहिरोको जोखिम रहन्छ । यसवर्ष पनि वर्षायाम शुरुसँगै एक पछि अर्को बाढी, पहिरो र डुबानको श्रृंखला शुरु भएको छ । बुधबार मात्रै सिन्धुपाल्चोकको बाह्रेविसेमा भएको बाढी,पहिरो र डुबानमा परेर दुई जनाको ज्यान गएको छ भने १४ जना वेपत्ता भएका छन् । त्यस्तै लाखौं मुल्य बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । यद्यपी बाह्रविसे घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

नेपालका पहाडी क्षेत्रमा हचुवाको भरमा बसाइएका वस्तीहरु बढी मात्रामा बाढी पहिरोको चपेटामा परेको देखिन्छ । जथाभावी रुख विरुवा कटानी गर्दा ऊजाड हुन पुगेका डाँडा र विना अध्ययन खनिएका कच्ची सडकका भागहरु बढी मात्रामा बाढी पहिरोको जोखिममा परेको अध्ययनले देखाएको छ । तराई मधेशमा भने नदीमा पानीको बहाब बढी हुँदा दर्जनौैंको संख्यामा बस्तीहरु डुबानमा पर्छन् । यसका अतिरिक्त सिमावर्ती क्षेत्रमा भारतले एक पक्षीय निर्माण गरेको बाँधहरुका कारण पनि डुबानको समस्या भोग्दै आइरहनु परेको छ । नदीमा पानीको बहाब बढी भएकाले होस् या सिमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँधका कारण होस बर्षेनी ठूलो मात्रामा धनजनको क्षति भईरहेको छ ।

नेपालमा मनसुन शुरुसँगै सरकारले बाढी पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणमा प्रति नियन्त्रण कार्यमा सर्तकता देखाउन आवश्यक छ । त्यसका लागि स्थानीय तहदेखि केन्द र स्थानीय प्रशासनको विशेष भूमिका रहन्छ । तर जब मनसुन शुरु हुन्छ सरकारी तयारी शुरु हुन्छ । त्यसले उद्धार, नियन्त्रण र राहतजस्ता कार्यमा खासै प्रभावकारी उपलब्धि हासिल गरेको देखिदैन । यसका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन रणनीति र त्यसको कार्यान्वयनको खाँचो छ । उद्धार र राहत आवश्यक पर्ने व्यवस्था राज्यले तयारी अवस्थामा राख्न सकिराखेको देखिदैन । जसले गर्दा बाढी पहिरो र डुबानबाट हुने क्षतिलाई कम गराउन सकिएको छैन । हुनत सरकारले बाढी पहिरोको जोखिम न्यूनीकरण, उद्धार, राहत र व्यवस्थापनमा वर्षेनी उच्च प्राथमिकता दिदै आईरहेको दावी गर्छ । हरेक वर्ष आउने मौसमी घटनाजस्तो नठानेर सरकारले यसको नियन्त्रण, रोकथाम, उद्धार राहतका लागि हरपल तयारी रहुनपर्छ । किनकी विपद भनेको बाजा बजाएर आउने होइन । यो आकस्मिकता हो ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s