तनहुँका खोला –नदीमा पानीको वहाव उच्च

दमौली,२६ असार । गएराती देखि परेको अवरिल बर्षाका कारण तनहुँका खोला –नदीमा पानीको वहाव उच्च हुन पुगेको छ ।

अविरल बर्षा सगै तनहुँ जिल्लाका प्रमुख नदीहरु सेती ,मादी ,कालीगण्डकी र मरस्याङदी नदीमा पानीको वहाव उच्च हुन पुगेको छ । नदीमा पानीको वहाव उच्च भएसगै नदी आसपासका क्षेत्रका वस्तीहरु समेत असुरिक्षत हुन थालेका छन् ।यसरी असुरक्षित हुनेक्रममा दुलेगौडा बजार तल सेती नदीको भागमा रहेको बस्ती जोखिममा परेको छ । सेती नदीको पानी वस्तीमा छिर्दा स्थानीयहरु विस्थापित हुन पुगेका छन् ।त्यस क्षेत्रका दुई दर्जन भन्दा बढी स्थानीयहरु विस्थापित भईसकेका छन् भने अन्य स्थानीयहरु समेत विस्थापित हुने अवस्थामा पुगेका छन् ।

नदीमा पानीको वहाव बढेसगै नदी किनाराहरुमा सुरक्षा सर्तकता समेत अपनाउन थालिएको छ । पानी वहाव भएको स्थानमा सुरक्षाकर्मी बसेर सर्वसाधारणहरुलाई छेउछाउमा जान रोक लगाइएको छ ।यसैबीच बाढीबाट जोखिम क्षेत्रको प्रदेश सांसद आशा कोइराला र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निरिक्षण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका छन् ।साथै उनीहरुले स्थानीयहरु सुरक्षित स्थानमा लैजानका लागि प्रशासनलाई आग्रह गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s