
दमौली , २५ असार
मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि सहयोग हस्तान्तरणको क्रम जारी रहेको छ ।
यसैक्रममा श्रेष्ठलाई दमौली स्थित तरकारी र मासु व्यवसायीबाट संकलित रकम हस्तान्तरण गरिएको छ । सहयोग अभियानमा जुटेका गणेश श्रेष्ठले जानकारी दिए अनुसार संकलित भएको ५० हजार बैंकमा जम्मा गरिएको छ ।
ढकालद्धारा ३ हजार सहयोग हस्तान्तरण
यसैबीच श्रेष्ठको उपचारका लागि निर्माण व्यवसायी पूर्णचन्द्र ढकालले समेत ३ हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम समेत बैंकमा जम्मा गरिनेछ।