दमौली अस्पतालको स्तरोन्नोति गर्ने विषयमा जिल्लाबासीको एकमत

दमौली ,२५ असार


तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालको स्तरोन्नोति गर्ने विषयमा जिल्लाबासीको एक मत देखिएको छ ।
दमौली अस्पतालको स्तरोन्नित गर्ने विषयलाई लिएर बुधबार दमौली अस्पतालले आयोजना गरेको भेलाका सहभागीहरुले अस्पतालको स्तरोन्नोतिका लागि एक मत देखाएका हुन् । त्यसक्रममा सहभागीहरुले आवश्यक प्रक्रिया पुरा गर्न जतिसक्दो छिटो प्रयत्न गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । जसअनुसार स्तरोन्नोतिका लागि आवश्यक पर्ने जग्गा जिल्ला सभा र नगर सभा मार्फत सिफारिस गर्ने विषयमा जिल्ला समन्वय समिति र नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समन्वय प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जाहेर गरेका थिए । दमौलीमा हाल १५ बेडको अस्पताल रहेको र ५० बेड क्षमताको अस्पतालको जरुरी रहेको हुँदा समन्वय र नगरपालिकाले अस्पतालको स्तरोन्नोतिका लागि सक्दो सहयोग गर्ने समन्वय प्रमुख वाग्ले र नगरप्रमुख न्यौपानेको भनाई थियो ।


यसैबीच भेलाले अस्पतालको स्तरोन्नोतिका लागि कृषि ज्ञान केन्द्र ५ रोपनी, पशु कार्यालयको ८ रोपनी र जिल्ला समन्वय समितिको ४ रोपनी तथा व्यास ५ पाटनमा रहेको ६० रोपनी जग्गा उपलब्ध गराउनका लागि प्रदेश सभालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
भेलामा अस्पताल विकास समितिका अध्यक्ष प्रदीप अधिकारीले दमौलीबासीको स्वास्थ्यलाई मध्य नजर गर्दै अस्पतालको स्तरोन्नोतिमा सबै पक्षले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । भेलामा नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी र पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी लगायतले अस्पतालको स्तरोन्नोतिमा जोड दिन सुझाव दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s