भयावह बन्दै कोरोना

डम्बर अधिकारी


कोभडि १९ को संक्रमण संख्या शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा विश्वभर संक्रमित २ लाख १२ हजार ३२६ पुगेका थिए । २४ घण्टामा मात्रै अमेरिकामा ४८ र ब्राजिलमा ५३ हजार संक्रमित भए । हालसम्म एक करोड १३ लाख ८६ हजार संक्रमित भएका छन भने विश्वभर मर्नेको संख्या ५ लाख २३ हजार ६१९ को ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना निको भएका देशमा दोस्रो लहर देखिएको, यसको असर अझै बढ्न सक्ने र बन्दाबन्दीमा बन्दी हुनुपर्दाको उकुसमुकुल र अर्थतन्त्रमा परेको संकटसँगै मानिसहरुमा देखिएको हेलचक्रयाईले संक्रमण दर घटाएर यसको नियन्त्रणमा पुग्न निकै चुनौतीपूर्ण भएको उल्लेख गरेको छ ।

नेपालमा पनि पछिल्लो पटक कूल संक्रमीत १५ हजार ७८४ मध्ये ६ प्रतिशतको हाराहारीमा अर्थात करिब ९ सय ४७ समुदायबाट देखिएका छन् । उपत्यकामा ढलमा समेत यसको किटाणु भेटिएकोले यो समुदायमा बढ्दै गएको चेतावनी विज्ञहरुले दिएका छन् । क्वारेन्टिनको अव्यवस्थापन, त्यहाँबाट भाग्ने र गाउँघरवस्तीमा जथाभावी डुल्ने, विदेशबाट आएका पनि होम क्वारेन्टिनमा बस्छु भन्दै जथाभावी डुल्ने र मूल कुरो त समुदायमा गएका भनिएकाको कन्टयाक ट्रेसिंग नगर्दा यो भयावह हुने हो कि भन्ने चिन्ता बढेको छ । सरकारले प्रतिदिन दशहजार पीसीआर परिक्षण गर्ने भने पनि त्यो हुन सकेको छैन । सत्तारुढ दलभीत्रको सत्तासंघर्ष र त्यसकै वरिपरि घुमेको सरकारले कोरोना, सलह, भोकमरी, वेरोजगारी र विभिन्न पेशावर्गका मानिसले भागेको आर्थिक संकट निवारणमा कुनै दिलचस्पी दिन सकेको छैन । अर्कातिर अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मी र अत्यावश्यकीय सेवाका कर्मचारीलाई अहिलेसम्म विशेष जोखिमा भत्ता समेत दिन नसकेको सरकारकाले उनीहरुको मनोवल र उत्साह बढाउन सकेको छैन । नेपालमा निको भएकाको संख्या ६ हजार ५४७ छ भने अस्पताल रहेको संक्रमित नौ हजार दुईसय तीन र क्वारेन्टिनमा ३१ हजार ५७३ छन् । ३४ को मृत्यु भएको छ ।

लकडाउन लुजडाउनमा परिणत भएको, न्यूनर्मलमा अभ्यस्त हुने नाउँमा सामाजिक दूरी र स्वास्थ्य सर्तकताका सचेतना नअपनाईनकन भीडभाड र कार्यस्थलमा मानिसहरुको चहलपहल बढ्ने हो भने हालको समुदायमा स्तरमा देखिएको संक्रमणको दायरा बढेर कोरोनाले भयावह रुप लिन सक्छ । पलपलमा, व्यक्ति व्यक्ति, परिवार, समाज, कार्यालय, सार्वजनिक स्थल, उद्योगधन्दा, पसल र कृषि कर्म लगायतका जुनसुकै कुरामा पनि हरेक नागरिकले सामाजिक दूरी वा भौतिक दुरी कायम गरी स्वास्थ्य सचेतना बढाउनु अपरिहार्य छ । हेलचक्रयाई गर्ने हुँदैन ।

कोरोनाको संकट टरेको छैन । यो यतै सलबलाउन खोज्दैछ । फणा उठाएर समुदायमा विद्रुप रुप देखाउन तम्तयार छ । तर त्यसका विरुद्ध सरकारलाई खवरदारी गर्ने, सरकारी काम कार्वाहीलाइ परिणाममुखी बनाउने, नागरिक आफै सचेत बन्दै सचेतना र खवरदारी गर्ने र सरकार नागरिक हातेमालो गरेर अघि बढ्ने हो भने यसको न्यूनिकरण र रोकथामको गन्तव्यमा पुग्न सकिन्छ । अन्थया यसको भयावह रुपलाई सार्न र टार्न सकिदैन । अहिलेसम्मका अनुभवका आधारमा अघि बढ्ने रणनीति तयार गरी यसको रोकथाममा सबै मिलेर जुटौ । बेलैमा सचेत हुनु जरुरी छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s