चीनिया“ राजदूतको नाङ्गो ना“च

नेपालमा विदेशी राजदूतहरुले कुटनीतिक मर्यादा विपरित बेला–बेलामा नाङगो नाँच नाच्ने गर्दछन् । खासगरी २०४६ सालको परिवर्तन पछि हेर्ने हो अधिकांश समयमा छिमेकी मुलुक भारतका राजदूतहरुले नाङगो नाँच नाचे । खासगरी वहुमत, अल्पमत देखि गठबन्धन सरकारहरु ढाल्ने कार्यमा छिमेकी मुलुक भारतका राजदूतहरुले नाङगो नाँच नाच्ने गर्दथे । जुन विषय प्रति तत्कालिन समयमा प्रतिपक्षको भूमिकाको रहेको हालको नेकपा र अन्य वाम शक्तिहरुले चर्को विरोध गर्न गर्दथे । यहाँसम्मकि तत्कालिन माओवादीले भारतीय राजदूत राकेश सूदले नेपालको आन्तरिक राजनीतिमा बढी हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै नेकपा र अन्य वाम शक्तिका अलवा जनस्तरमा समेत छिमेकी मुलुक भारतका राजदूतको कार्यशैलीप्रति सर्वसाधारणले समेत विरोध गर्दथे ।

राजनीतिक घटनाक्रमले मुलुकको राजनीतिमा नयाँ मोड लिन पुग्यो । मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुन पुग्यो । मुलुकमा गणतन्त्र स्थापना भएपछि विदेशी हस्तक्षेप अन्त्य हुने अपेक्षा गरिएको थियो । तर त्यसको ठिक विपरित संविधान जारी गर्ने विषयमा छिमेकी भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्यो । त्यतिबेला पनि भारतीय राजदूतहरुले नाङगो नाच नाचेका थिए । जुन कार्यको विरोध गर्दै तत्कालिन माओवादीका कार्यकर्ताहरु भारतीय राजदूत माथि भौतिक आक्रमणमा उत्रिएका थिए । जुन विषयलाई कुटनीतिक क्षेत्रमा ठूलो हलचल पैदा भएको थियो । भारतीय राजदूतबाट नेपाली राजनीतिमा तत्कालिन समयमा जुन किसिमको नाङगो नाँच प्रदर्शन भएको थियो । अहिले ठिक चीनियाँ राजदूतबाट भईरहेको अवस्था छ । खासगरी सरकार र नेकपा भित्रको विवाद समाधानका लागि चीनियाँ राजदूतले नाङगो नाँच प्रदर्शन गरिरहेकी छन् । चीनियाँ राजदूतले अहिले मात्र होइन यो भन्दा अगाडि पनि यसरी नै नाङगो नाँच प्रर्दशन गरेकी थिइन् । नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुक र राजदूतहरुबाट यसरी पटक–पटक नाङगो नाँच प्रस्तुत हुनु नेपाली जनताको भावना र नेपाली राष्ट्रियता माथि प्रहार हो । तसर्थ यस्ता हर्कत नेपाल र नेपाली जनताका लागि स्वीकार्य हुने विषय नै हुन सक्दैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s