व्यास नगरपालिकाले दुई महिनाको भाडा छुट गर्ने

सेतीमादी संवाददाता
दमौली, २२ असार ।

लकडाउनलाई मध्यनजर गर्दै व्यास नगरपालिकाले व्यास नगरपालिका अन्र्तगतका पसल कवोलको दुई महिनाको भाडा छुट गर्नका लागि नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।


साथै नगरपालिकाले नगरपालिका भित्र घर भाडामा लगाउने घरधनीहरुलाई समेत दुई महिनाको भाडा छुट दिन अनुरोध गरेको छ । व्यास नगरपालिकाको आइतबार बसेको नगरकार्यपालिकाको बैठकले सो अनुरोध गरेको हो ।
त्यस्तै कार्यपालिका बैठकले बुद्धसिंह मार्गबाट निर्माण सामाग्रीहरु ढुवानी गर्ने ट्रिपरहरुको विषयमा समेत निर्णय गरेको छ । जसअनुसार वैधानिक निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनलाई साँझ ६ बजे देखि ९ बजेसम्म मात्र घनावस्ती एवं बजार क्षेत्रका सडक बाहेक बुद्धसिंह मार्ग र पृथ्वीराजमार्ग मात्र प्रयोग गर्न वा बेलवास भन्दा तलै निर्माण सामाग्री संचित गरी साना सवारी साधानबाट मात्र ढुवानी गर्न सम्बन्धित पक्षलाई सूचित गरेको छ ।
त्यस्तै बैठकले आ.व. ०७७÷०७८ मा प्रस्तुत बजेट कार्यक्रमलाई न्यायपूर्ण वितरणका लागि वडाबाट प्राप्त विकासका प्रस्तावलाई विस्तृत अध्ययन गरी नगरसभामा संसोशन गर्ने निर्णय गरेको छ । त्यसैगरी वैठकले व्यास नगरपालिका भित्रका विकास आयोजना तथा प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक व्यास नगरपालिका वातावरणीय परीक्षण एवं व्यवस्थापिका ऐन आगामी नगर समितिमा पेश गर्ने निर्णय गरेको छ । वैठक नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s