व्यास अवतरण दिवस मनाईयो

दमौली , २२ असार


व्यास नगरपालिकाको आयोजनामा आइतबार दमौलीमा व्यास अवतरण दिवस अर्थात गुरु पूर्णिमा मनाईयो ।
सो अवसरमा व्यास नगरपालिका परिसरमा रहेको व्यासको मूर्तिमा पूजा अर्चना गरिएको थियो । पूजा अर्चना कार्यक्रममा प्रतिनिधी सभा सांसद कलिला खान, गण्डकी प्रदेशका सांसद्धय डोवाटे वि.क., सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको अध्यक्ष अशोक कुमार श्रेष्ठ लगायतलेको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले भगवान वेदव्यासको व्यास जन्मभूमिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि व्यास नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताएका थिए । साथै व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण अभियानलाई तीब्रता दिइएको समेत प्रमुख न्यौपानेको भनाई थियो । त्यस्तै कोषका अध्यक्ष श्रेष्ठले व्यास जन्मभूमिको विकास लागि सबैले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।


यसैबीच नगरपालिका व्यास अवतरण दिवस अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक विदा समेत दिएको थियो । विगतका वर्षहरुमा झाँकी सहित बजार परिक्रमा गरेर व्यास जयन्ती मनाईने गरेको भएपनि यस पटक भने कोरोनाका कारण संक्षिप्त रुपमा व्यास अवतरण दिवस मनाइएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s