लक डाउनको भाडा पूर्णरुपमा छुट हुनुपर्ने तनहुँका होटल व्यवसायीको माग

दमौली ,२२ असार


होटल व्यवसायी संघ तनहुँले विभिन्न माग राखी आइतबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
लक डाउनका कारण होटल व्यवसाय धराशयी भएको भन्दै संघका जिल्ला अध्यक्ष दुर्गा विलास भट्राईको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी मार्फत सरकार समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लक डाउन अवधिभरको भाडा पूर्ण रुपमा तथा संक्रमण अवधिभरको भाडामा ५० प्रतिशत भाडा छुट दिनुपर्ने माग गरेका छन् । त्यस्तै होटल व्यवसायहीहरुले लक डाउन खुलेपछि पनि एक बर्षको अवधिसम्म खानेपानी, विद्युत, टेलिफोन र इन्टरनेट लगायतका सुविधाा विशेष छुट दिनुपर्ने माग गरेका छन् ।
त्यस्तै होटल व्यवसायीहरुले सफ्ट लोनका माग गर्नुका साथै बैंक किस्ता तिर्ने विषयमा कम्तीमा पनि ६ महिना पछाडि धकेलि दिनुपर्ने माग गरेका छन् ।


होटल व्यवसायी संघ तनहुँका अध्यक्ष भट्राईले जानकारी दिए अनुसार कोराना संक्रमणका कारण तनहुँ जिल्लाका १ हजार भन्दा बढी होटल व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । संक्रमणका कारण ३ अर्ब भन्दा बढीको लगानी धराशयी भएको र ८ हजार भन्दा बढी कामदार रोजगारी गुमेको समेत अध्यक्ष भट्राईले बताए ।
कोरोनाका कारण तनहुँको वन्दीपुर, सदरमुकाम दमौली लगायतका स्थानमा सञ्चालित होटलहरु ग्राहक नआउँदा विगत ४ महिना देखि ठप्प हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s