राष्ट्रपतिको भूमिकामा प्रश्न

डम्बर अधिकारी


नेपालको संविधानको भाग ६ को धारा ६१ ले नेपालमा एक राष्ट्रपति रहने, राष्टपति नेपालको राष्ट्राध्यक्ष हुने निजले यस संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ भनी उल्लेख गरिएको छ । साथै संविधानले राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने तथा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर तोकेको छ । धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार पनि स्पष्ट उल्लेख गरेको छ ।

नेपालको संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा सहभागी हुने अवसर दिएको छैन । अर्थात संविधानले राष्ट्रपतिलाई अभिभावकको भूमिका निर्वाह गर्न निदृष्ट गरेको छ । सो अनुरुप नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निर्वाह गरेको अभिभावकीय भूमिकाको धेरैले प्रशंसा समेत गरेका थिए । उहाँको कार्यशैली र व्यवहारले उनलाई आलोचनाको शिकार बन्न नदिएको त्यति बेला चर्चा चलेकै हो । प्रथम राष्ट्रपति डा.यादवले निर्वाह गरेको अभिभावकीय भूमिकाले तत्कालिन समयमा सबै राजनीतिक दलहरु एउटै विन्दुमा उभिएर संविधान निर्माण जस्तो ऐतिहासिक कार्य पुरा गरे । प्रथम राष्ट्रपति डा.यादवले निर्वाह गरेको कार्यको विषयलाई अहिलेको पुस्ताले मात्र होइन भावी पुस्ताले सकारात्मक रुपमा संझने छ । यद्यपी प्रथम राष्ट्रपति डा.यादवले गरेका केही कार्य प्रति त्यतिबेला औला ठड्याउने काम नभएको भने होइन । तर औंलो ठड्याउनेहरु नै त्यतिखेर लज्जित भए जतिबेला उनले जनताका जनप्रतिनिधिहरु बसेको संविधानभाको हलमा संविधानको मूल किताबलाई ढोग्दै नेपालको संविधान जारी गरे । कतिपय अवस्थामा उनको गम्सा र ढाकाटोपीसहितको पहिरन पनि राष्ट्रिय एकताको विम्व बनेको थियो । मुलुकमा यतिबेला नेकपाको तर्फबाट निर्वाचित भएकी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेकी छन् । तर भण्डारीले राष्ट्रपतिको भूमिका निर्वाह गर्दै गर्दा उनको कार्य शैली माथि राजनीतिक दल र आम सर्वसाधारणले प्रश्न गर्नुपर्ने परिस्थिती सिर्जना भएको छ ।

राष्ट्रपति भण्डारीको कार्य शैली माथि राजनीतिक दल र आम सर्वसाधारणले यस अर्थमा प्रश्न गर्नुपर्ने देखिएको छ कि राष्ट्रपति भण्डारीले आफ्नो पदीय गरिमालाई विर्सेर कतिपय अवस्थामा सत्तासिन नेकपाको नेताको जस्तो भूमिका निर्वाह गरि रहेको भनेर आलोचना र टिप्पणी भईरहेको छ । खासगरी नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दाको घडीमा राष्ट्रपति भण्डारीले शितल निवासबाटै नेकपाका नेताहरुसंग प्रत्यक्ष भेटघाट र सम्वाद जारी गर्ने सिलसिलालाई विवादसँग जोडेर हेर्ने र त्यसलाई आलोचना विषय बनाउने गरिएकोा छ । जसको ज्वलन्त उदाहरणको रुपमा पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अन्य नेताहरु बीच भएको विवाद समाधान गर्नका लागि शितल निवासबाट राष्ट्रपति भण्डारीले गरेको छलफल विवाद बाहिर रहन सकेन । किनकी त्यसलाई विवादसँग जोडेर हेर्न खोजियो । नेकपाको पछिल्लो विवादको उत्कर्षमा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी सहज ढंगले फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन लागेको र त्यसलाई पार्टीको एउटा पक्षको हितमा मात्र हुने गरी सदर नगरी हाल्न र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको समाचार समेत सार्वजनिक भएका थिए । अर्कातिर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपति विरुद्ध षडयन्त्र भएको र हटाउने तथा महाभियोग लगाउने खेल भईरहेको भनेर पार्टीभित्रकै अर्को पक्षलाई संकेत गरेको छ ।

पछिल्लो दुई तिन दिनको अवधिलाई हेर्ने हो भने प्रधानमन्त्री ओली र नेकपाका नेताहरुलाई शितल निवासमा बोलाएर राष्टपतिले पटक—पटक भेटघाट गरेकी छन् । यसका अतिरिक्त राष्ट्रपति भण्डारीले मुलुक र मुलकबासीका लागि सरकारले गरेका अहितका कार्यसमेत बिना अध्ययन स्वीकृत गर्ने गरेकी छन् । केही समय अगाडि सरकारले पेश गरेको दल विभाजन सम्बन्धी अध्यादेशलाई लिन सकिन्छ । यद्यपी चौतर्फी आलोचना भएपछि सरकारले पछि फिर्ता लिएको थियो। त्यतिमात्र होइन केही दिन अगाडि पार्टी भित्र टकरावको अवस्था सिर्जना भएलगत्तै प्रधानमन्त्री ओलीले संसद अन्त्यका लागि गरेको सिफारिसलाई लिन सकिन्छ । जुन विषयका बारेमा कुनै अध्ययन नै नगरी संसद अन्त्य गर्न स्वीकृत जनाएको देखिन्छ । सत्तासिन राजनीतिक दलको प्रभावमा परी राष्ट्रपति भण्डारीबाट जतिपनि कार्यहरु भएका छन् त्यो नेपाली जनतालाई रुचिकर नभएको कुनै न कुनै रुपमा प्रकट भएको छ । संकट र विवादको बेला राष्टपतिको भूमिका अभिभावकीय, तटस्थ र सन्तुलित मात्र हैन संविधानको अक्षरश पालना र त्यसको भावन र अक्षरसँग मेल खानेनै हुनुपर्छ । अन्यथा यसले व्यक्तिको रुपमा होइन कि राष्ट्रपतिको संस्थागत संरचनामा समेत असर गर्न सक्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s