न्यू नर्मल अर्थात कोरोपछिको दैनिकी

सूर्यचन्द्र बस्नेत


चीनको बुहानबाट फैलिएको कोरोनाले विश्वको स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका खासगरी मानिसको दैनिक जीवनयपानमा युगिन धक्का मात्र हैन आमूल परिवर्तन ल्याइदिएको छ । मानव सभ्यतामाथिको प्रहारको रुपमा हेरिएकोछ । अहिलेनै यस विरुद्धको विजय दुरुह र कष्टकर देखिएको छ । चिन्ता, अन्यौल र संशय छ । शनिबारसम्म विश्वभर एक करोड ११ लाख बढीमा संक्रमण र पाँच लाख २९ हजार बढीको मृत्यु भएको छ । नेपालमै १५ हजार ४९१ संक्रमित र ३४ को मृत्यु भएको छ । यो क्रम बढ्दो छ भने यसको दोस्रो लहर आउने क्रमले यो तत्काल निको नहुने देखिएको छ । विश्वमा १२० बढी खोपको अनुसन्धान भएकोमा दुईचारवटा मात्र अनुसन्धानमा सफलता उन्मुख छन् र खोपको तयारी हुन एक डेढ वर्ष लाग्ने अनुमान गएिको छ । वैज्ञानकि उपचार विधिका रुपमा खोप नआईञ्जेल लकडाउन, भौतिक वा सामाजिक दुरी, पूर्व होशियार र सेचतनासहितका उपचारात्मक विधि अपानाउनु बाहेक अरु विकल्प छैन ।


आर्थिक संकटले भोकमरी, वेरोजगारी, आत्महत्या, हिंसा, लुटपाट र गरीवी बढ्ने देखिएको छ । त्यसैले यो अवस्थाबाट मुक्ति पाउन र सहज वातावरण बनाउन खोपको प्रतिक्षासँगै कोरोनालाई झेल्दै न्यू नर्मलको जीवनयापन अवस्थामा जान थाल्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसमा अभ्यस्त हुँदै अगाडि बढ्ने ।
लकडाउनले मानिसलाई आत्मचेतना, आफैलाई बुझ्ने, प्राकृतिक वातावरणमा र्फकने, घरपरिवारलाई समय दिने, घरका काममा पारंगत हुने र गाउँ फर्कने, मानवता र सामाजिकताको अर्थ र महत्व बुझने मौका दियो । परिवार, छिमेकी र समाजलाई बुझने अवस्था आयो । साथै जे काम गतिविधि भएपनि सामाजिक सञ्जालमा पोष्ट गर्ने वा अत्यावश्यक लगायतका कामहरु इन्टरनेटमा गर्ने संस्कृति अर्थात डिजिटल र्यालीको प्रविधियुक्त संस्कृतिको विकास भयो । के कोरोनापछिको हाम्रो दैनिकी न्यू नर्मल वा डिजीटल बेस्ड वा नौला नौला प्रयोग र प्रवृत्तिबाट गुज्रेला ? पक्कै पनि छिटै कोरोना निवारण नहुने संकेतले यही छनक दिएको छ।


विश्व स्वास्थ्य संगठन र विज्ञहरुले समेत कोरोनापछिको समाजको सामान्य जीवनयापन कस्तो होला भनेर बहस चलाईरहेका छन् । घरपरिवार, व्यापार, व्यवसाय, कजेज, विद्यालय, होटल रेष्टुरेण्ट, बजार, मनोरञ्जन लगायतका कार्यस्थल र काम गर्ने तौरितरिकामा व्यापक परिवर्तन वा सुधारको खाँचो पर्नेछ र हुने देखिएको छ । कोरोनाबाट जोगिन वा भोलि जुनसकुै बेला आउन सक्ने अर्को महामारीबाट बच्न अहिलेको भन्दा फरक तौरतरिका अपाउनुनपर्नेछ । स्वास्थ्य जनशक्ति, पूर्वाधारको हरेक देश र सरकारले ठूलो लगानी गरी विकास गर्नुपर्नेछ । कार्यस्थलमा सरसफाईयुक्त चेतना बढाउन ह्याण्डिल नभएको ढोका, सेन्सर टयाप, स्वचालित टवाईलेट, शौचालयको संरचना परिवर्तन, हात धुने धाराको व्यवस्था, सफा रुमाल तथा संक्रमण फैलन नदिन सचेतना अपानाउने गरी नयाँ डिजाईनका घर, कार्यालय वा सार्वजनिक स्थलको संरचना बनाउनुपर्नेछ । मास्क अनिवार्य हुनेछ । रुमाल, लुगा, कम्प्यूटर एक्लै प्रयोग गर्ने, भीडभाडमा नजाने, बस्दा दूरी कायम गर्ने, सेनिटाईजरको अनिवार्य व्यवस्था गर्न कसैले कञ्जुस्याई गर्नेछैनन् ।


त्यस्तै भर्चुअल उद्यमशिलताको विकास हनेछ । पठनपाठन र दैनिक काम अनलाईनमा आधारित हुनेछन् । अनलाईन पढाई, जुम मिटिंग, इ पेमेण्टले व्यापकता पाउनेछ । खाद्यसामग्री, खानेकुरा, लुगा, दैनिक घरायसीसामग्री लगायतको होम डेलिभरीले प्राथमिकता पाउनेछ । घरकौसी, करेसाबारीखेती र आफ्नो खेतबारीमा मात्र नभएर राष्टिय उत्पादनले बढावा पाउनेछ ।


पोष्ट कोरोनाको यो मोडेलमा मानिसले रोग छ, लाग्छ भनेर चिन्ता लिनेभन्दा पनि बढी आफूलाई मानसिक रुपमा तयार गर्दै सामाजिक शक्तिका रुपमा यसलाई न्यू नर्मलका रुपमा लिएर अघि बढ्ने सोच र शक्ति आर्जन गर्न सक्छ । अभ्यस्त बनाउनेछ । आपूmमात्र होइन विश्वनै यसबाट आक्रान्त छ भनेर चिन्ता लिन छोडेर नयाँ योजनातर्फ लम्कनेछ । चलचित्र पनि नेटफलीक्स जस्तो प्रविधिबाट हेर्ने प्रचलन बढ्नेछ । खासगरी सार्वजनिक यातायात र सार्वजनिक भीडभाडमा काम गनुपर्ने अवस्थामा नयाँ संरचना, सोच, संस्कार संस्कृतिको विकास गर्नुपर्नेछ । अझै के के नयाँ नयाँ संस्कार र संस्कृति हुर्कि बढी रहेका छन दुनियाँभर त्यो विस्तारै आउनेनैछ ।
समस्या, चुनौति र संकटले अवसरको नयाँ तर फराकिलो क्षित्तीज पनि खुलाइदिएको हुन्छ । हरेका कालो बाँदलमा चाँदीको घेरा हुन्छ पनि भनिन्छ । रातपछि दिन पक्कै आउनेछ । मान्छे र समय एकै ठाउँमा अडिन सक्दैनन । भनिन्छ दुनियाँमा अपरिवर्तनशील शब्द बाहेक सबै कुरा परिवर्तनशील छ । ऋतु परिवर्तन भएजस्तै । कोरोनापछिको दुनियाँ नयाँ मानव सभ्यता र विकासको युगिन परिवर्तन बोकेर त आएको छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s