सडक दुर्घटनामा सचेतना

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले नेपालमा दैनिक १४ जनाको सवारी दुर्घटनाले ज्यान जाने गरको तथ्य सार्वजनिक भएको छ । यसले वार्षिक सरदर पाँचहजार ११० जनाको ज्यान सवारी दुर्घटनमा जाने गरेको देखिन्छ । नेपालको सरकारी तथ्यांकले भने दैनिक आठजनाको सवारी दुर्घटनमा ज्यान गएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले विश्वमा प्रत्येका २५ सेकेण्डमा एकजनाको सवारी दुर्घटनमा मृत्यु हने बताएको छ । चालकको लापरवाही, सवारीको तीव्र गति, ओभर टेकिंग, पैदलयात्रुको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारीको यान्त्रिक गडबडी, ओभरलोड, सडक चौपाया जथाभावी छोड्ने आदि दुर्घटनाका कारण हुन् । साथै सडक वरपर निर्माण सामग्री थुपार्ने, सवारी सम्बन्धी जनचेतनाको अभाव, दक्ष र अनुभवी चालकको कमी, मापदण्ड विपरीतका सडक संरचना, सवारी नियमको ज्ञानको अभाव र हेलचक्रयाईले देशभरि सवारी संख्या बढेदै गएका कारणले पनि दुर्घटनाको दरलाई बढाउदै लगेको छ । सडकमा देखिने समस्या र सास्तीको बीच सर्वसाधारणले अनाहकमा ज्यान गमुाउनुपरेको छ ।

नेता र सामाजिक अगुवाको विना इन्जिीनीयरिङ्ग गाउँपाखा, भीरपहाडमा सिँउदोझै कोरिएको कच्ची सडक र त्यसमा क्षमताभन्दा बढी यात्रु चढ्ने र बोक्ने प्रवृत्तिले कहिलेकाँही डरलाग्दो दुर्घटनाको शिकार हुनुपरेको छ । विगतको प्यूठानको जन्त गएको बस दुर्घटना र खुर्कोटको सवारी दुर्घटना त्यसैको विर्सन नसकिने इतिहासको उदाहरण हो । मुलुकको जनसंख्या तीन करोड पुगेको छ । घनावस्ती, आवादी र शहरीकरण बढेको छ । उपत्यका लगायत सदरमुकामका शहरी बस्तीमा बढदो सवारी र जनसंख्या चाप, टाफिक संकेतको अभाव, जथाभावी सडक काट्ने, सडक पेटीको अतिक्रमण तथा राम्रा सडकको अभावसँगै न्यून ट्राफिक जनशक्ति र व्यवस्थापनको अभावले यो सवारी दुर्घटनाले कहाँ कतिखेर ज्यान लिन्छ भन्न सकिने अवस्था छैन । साथै तीव्र गति र सवारी चालकको लापरवाहीले अधिकतर पैदलयात्रुको निधन हुने गरेको तथ्यांकले देखाएको छ । यो पृष्ठभूमिमा हामीले सडक सुरक्षा सम्बन्धी स्पष्ट समयानुकुल कानुन र नीति बनाएर त्यसको कार्यान्वयन गर्नु आवश्यक छ । सरोकारवाला निकाय बीचको क्षेत्राधिकारमा देखिने विवाद, समन्वयको अभाव र काममा देखिन दोहोरोपना हटाएर सडक सुरक्षाका पूर्वाधार बढाउँदै यसबाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ ।

ठूलो संख्यामा हुने धनजनको क्षतिलाई रोक्न र सुरक्षित सवारीको क्रमलाई व्यस्थित गर्न सबैले बेलैमा सोच्नु आवश्यक छ । हालै मात्र संघीय संसदको विकास तथा प्रविधि समितिले गठन गरेको सवारी दुर्घटना न्यूनिकरण अध्ययन उपसमितिले दुर्घटना नियन्त्रण तथा न्यूनिकरणका लागि विभिन्न उपायहरु सुझाएको छ । त्यसमा खासगरी २० वर्ष पुराना सवारी पूर्णरुपले थन्क्याउने, चालकको अवस्था र गाडी चलाउने अवधि लागू गर्न प्रविधिको प्रयोग गर्ने, सडकको अवस्था र भूगोल अनुरुपको सवारी सञ्चालनका लागि रुट अनुमति हुनुपर्ने, र तीन हजार पाँचसय किमी यात्रापछि सबै गाडीलाई अनिवार्य वर्कसप पठाउने सुझाव दिएको छ । त्यसको साथै तोकिएको सडकबाहेक सवारी निषेध प्रवेश निषेध गर्ने, उच्च जोखिम क्षेत्र पहिचान गरी सुधार गर्ने, राजमार्गका विभिन्न स्थानमा अस्पताल बनाई सेवा प्रदान गर्ने, विद्यायलयतहदेखि सडक सुरक्षासम्बन्धी पाठयपुस्तक समावेश गर्ने र हरेक प्रदेशमा एउटा टामा सेन्टर स्थापना गर्ने लगायतका सुझाव दिएको छ । सडक भनेको विकास र हाम्रो जीवयापनको एउटा अत्यावश्यक आधारशीला हो । यो सहज, सर्वसुलभ र सुविधाजनक हुनुपर्छ । सडक सुरक्षालाई प्राथमिकता दिइर यसलाई डेथ जोन क्षेत्र हुनबाट जोगाउनुपर्छ । यसलाई न्यूनिकरण र रोकथाम गर्न सबैको निरन्तर पहल हुनु आवश्यक छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s