दमौली , २१ असार ।मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ ।

यसक्रममा अमेरिकामा समेत सहयोग संकलन भईरहेको छ ।अमेरिकामा सहयोग संकलन अभियानमा जुटेका दमौली घर भई हाल अमेरिकामा बस्दै आएका किरण पन्तले जानकारी दिए अनुसार २३ सय ७८ डलर संकलन भएको छ । संकलन कार्य जारी रहेको छ ।https://www.gofundme.com/f/help-Raju-Shrestha-to-fight-kidney-failure/donations?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cf+share-flow-1
श्रेष्ठको उपचारका लागि घरदैलो अभियानमा ७१ हजार ३ सय ८७ संकलन
दमौली , २१ असार । मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ ।
यसक्रममा दमौलीमा घरदैलो अभियान सुरु गरिएको छ । घरदैलो अभियानमा जुटेका राजकुमार श्रेष्ठले जानकारी दिए अनुसार आइतबार ७१ हजार ३सय ८७ संकलन भएको छ । घरदैलो अभियान जारी रहने समेत अभियानमा सहभागी श्रेष्ठले बताए ।