तरुण विभाग प्रमुख भण्डारीको सिफारिसमा सभापति देउवाले गरे तरुण विभाग विस्तार

काठमाण्डौं, २० असार । नेपाली काग्रेसको तरुण विभाग विस्तार गरिएको छ ।

नेपाली काग्रेसको विधान,२०१७ (संशोधित सहित)को धारा २५(९ बमोजिम) तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा काग्रेस सभापति शेरबहादुर देउवाले तरुण विभाग विस्तार गरेका हुन् ।

पहिलो चरणमा तरुण विभागको जिम्मेवारी पाउनेहरुमा बझाङका पुराना तरुण नेता चेतराज बजाल, तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, खगेन्द्र देवान इलाम, मदन बुढाथोकी झापा, रामपल्टन साह धनुषा , श्यामप्रसाद श्रेष्ठ नवलपुर , अर्जुन शेरचन बाग्लुङ, नन्दबहादुर विष्ट रुकुम र श्रीकुमारी घर्ति रोल्पा लगायतका रहेका छन् । जसमध्ये विष्ट र घर्ति दुबै जनाको बुबालाई द्धन्द्धकालमा माओवादीले हत्या गरेका थिए ।
तरुण विभागलाई क्रमस ःविस्तार गरिने तरुण विभाग एवं केन्द्रीय सदस्य भण्डारीले बताएका छन् । काग्रेसमा विभाग विस्तार गर्नेमा भण्डारी पहिलो विभागिय प्रमुख हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s