ओलीका समर्थकद्धारा दमौलीमा प्रदर्शन

दमौली २०, असार ।प्रधानमन्त्री केपी ओेलीका समर्थकहरुले आज दमौलीमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ओली समर्थक कार्यकर्ताहरुको उपस्थिती रहेको रहेको थियो । प्रर्दशनमा उत्रिएकाहरुले सरकारको पक्षमा सशक्त ढंगले आवज उठाएका थिए । दमौलीको अनसन चोकबाट निस्किएको प्रदर्शन सफासडक हुँदै मुख्य चोकमा पुगेर समापन भएको थियो । प्रदर्शन सहभागीहरुले अहिलेको घडीमा ओलीलाई हटाउन खोज्नु भारतीय विस्तारवादीहरुको चलखेल भएको आरोप लगाएका थिए । कोण सभालाई सम्बोधन गर्दै प्रदर्शनमा सहभागी कविराज श्रेष्ठले वर्तमान घडीमा प्रधानमन्त्री ओलीको विकल्प खोजिनु कल्पना भन्दा बाहिरको विषय भएको बताएका थिए ।

यता तत्कालिन माओवादी र माधव नेपाल पक्षधरका जिल्ला स्तरीय नेताहरुले भने कार्यकर्ताहरुलाई प्रदर्शनमा सहभागी नहुन सर्कुलर गरेका थिए ।

तस्बिरःसामाजिक सञ्जालबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s