अवैध सामाग्री निकासी गर्ने सवारी र फरार प्रतिवादी प्रकाउ

दमौली ,१९ असार


तनहुँमा हालै आएका प्रहरी प्रमुख अरुण पौडेलले अवैध नदीजन्य सामाग्री निकासी गर्ने सवारी साधन र फरार प्रतिवादीलाई प्रकाउमा तिब्रता दिएका छन् ।
त्यस क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले व्यास–५ स्थित साँगे खोलाबाट अवैध रुपमा नदीजन्य सामाग्री निकासी गरिरहेको अवस्थामा असार १४ गते एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सो ट्याक्टर व्यास नगरपालिकालाई बुझाईएको छ ।


असार १४ गते नै इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटीएको टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिई शुक्लागण्डकी नगरपालिकालाई बुझाएको छ भने असार १२ गते इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले एउटा ट्याक्टर नियन्त्रणमा लिई आँबुखैरेनी गाउँपालिकालाई बुझाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय डुम्रेको टोलीले मस्र्याङदी नदीबाट टयाक्टर नियन्त्रणमा लिई भानु नगरपालिकालाई बुझाएको छ ।


फरार प्रतिवाद्धी प्रकाउ
प्रहरी प्रमुख पौडेल तनहुँ आए लगत्तै सवारी ज्यान र कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी समेत प्रकाउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाका अनुसार सवारी ज्यान मुद्धाका फरार प्रतिवादी वन्दिपुर –६ का २६ बर्षिय मनोजकुमार गुरुङ प्रकाउ परेका छन् । गुरुङ व्यास ३ स्थित सिर्जनाचोकबाट प्रकाउ परेका हुन् । उनले चलाएको ग १ त ५८०६ नम्बरको ट्याक्टर दुर्घटना पर्दा बन्दिपुर गाउँपालिका –६ का पञ्चबहादुर गुरुङको मृत्यु भएको थियो ।


त्यस्तै १२ वर्ष देखि फरार कर्तव्य ज्यान मुद्धाका दोषीलाई तनहुँ प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा व्यास नगरपालिका वडा नं १३ पोखरी भञ्ज्याङ निवासी २७ वर्षिय विक्रम सुनाम परियार हुन् । सुनारलाई २०६५ मा गोरे परियारको हत्यामा संलग्न भएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । परियारलाई अदालतले १ वर्ष ६ महिना कैद ठहर गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s