प्रधानमन्त्री ओली पुनः घेरावन्दीमा

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक राजनीतिमा फेरी एक पटक घेरावन्दीमा परेका छन् । प्रधानमन्त्री ओली यस अगाडि पनि पटक–पटक घेरावन्दीमा पर्दै आईरहेका थिए । जुन घेराबन्दीहरुलाई प्रधानमन्त्री ओलीले तोड्दै आईरहेका थिए । तर यसपटकको घेराबन्दीलाई प्रधानमन्त्री ओलीले तोड्न सक्छन् कि सक्दैनन राजनीतिक वृतमा निकै चासोको साथ हेरिएको छ । हुन त यस अगाडि घेरावन्दीमा पर्दा पनि प्रधानमन्त्री ओली घेराबन्दी तोड्ने विषयमा धेरैले आशंका गरेका थिए । तर अन्तिममा नेता वामदेव गौतमलाई प्रधानमन्त्रीको पासा फ्याक्नु साथै चिनियाँ राजदूतले नेकपाका नेताहरुसंग गरेको वान टु वान भेटघाटले ओली घेरावन्दीबाट जोगिन पुगेका थिए उक्त घेरावन्दी जोगिए सगै प्रधानमन्त्री ओलीले तत्कालका लागि कुनै पनि किसिमको घेरावन्दीको सामना गर्न नपर्ला भनेर अनुमान राजनीतिक वृतमा गरिएको थियो । त्यसमा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि त ओली पार्टीको आन्तरिक राजनीतिमा निकै नै बलियो बन्न पुगेका थिए ।

तर नक्सा सार्वजनिक गरे लगत्तै केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा नक्सा जारी गरेसगै भारतले आफूलाई हटाउन खोजेको भनि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले उनी आलोचित बन्न पुगेका छन् । जुन विषयको नेकपाको जारी स्थायी बैठकमा चर्को आलोचना हुन पुगेको छ । यहाँसम्मकि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाव दिएका छन् । तैपनि प्रधानमन्त्री ओली प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिने विषय आफूलाई स्वीकार्य नहुने अडान राख्दै आई रहेका छन् । नेकपाको आन्तरिक राजनीतिलाई नजिकबाट नियालेर हेर्नेहरु बेलैमा बुद्धिमता पूर्वक समाधान नगर्ने हो भने नेकपा गम्भीर मोडमा पुग्ने निश्चित छ । हेरौं, नेकपाको पछिल्लो विवादलाई नेताहरुले कसरी समाधान गर्छन । त्यसमा पनि प्रधानमन्त्री ओलीले घेराबन्दीलाई कसरी सामना गर्छन त्यो सबैका लागिका लागि चासको विषय बनि रहेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s