सलहको संकटबाट उम्कने उपाय

सरकारको अनुमान विपरीत धान दिवसको अघिल्लो दिन कोरोनाले त्राहीत्राही बनाएको हाम्रो देशमा अर्को संकट निम्त्याउने गरी सलह भित्रिएको छ । आर्थिक संकटको भूमरीमा परेको बेला सलहको प्रवेशले सरकार, किसान र सर्वसाधारणमा थप चिन्ता छाएको छ । बालीनालीमा आक्रमण गरी नोक्सानी पुर्याउने मध्ये फट्याङग्रा प्रजातिको एक किरा हो सलह । लामो दूरी हजारौंको संख्यामा उड्नसक्ने सलहले बालीनालीलाई छिनभरमा खान सक्छ । जसले गर्दा बालीनाली सखाप हुन्छ भने भोकमरी र मानव स्थान्तरणको अवस्था आउन सक्छ । सलहले सन् २००३ मा अफ्रिकामा ठूलो क्षति पुर्याउँदा बालीनाली देखि पर्यावरणमा गम्भीर समस्या सिर्जना भएको थियो । पाकिस्तान, भारत हुँदै केही दिन अगाडि नेपालमा तराईका कपिलवस्तु, रुपन्देही र पाल्पालगायतका केही जिल्लाहमा सलह प्रवेश गरी बालीनालीमा एक्कासि क्षति पुर्याउन थाल्यो । तराईबाट छिरेको यो गुल्मी, पाल्पासहित दुई दर्जन बढी जिल्ला हुँदै तनहुँका हरिया बालनालीमा देखिएको छ । यद्यपी हजारौंको झुण्डमा लामो दूरी यात्रा गर्ने यो किरा यतिखेर छिटफुट मात्र आएको बताइएको छ ।

विज्ञहरुका अनुसार सलहले बालीनाली सखाप पार्छ । त्यो क्रम यसले शुरु गरेको छ । कृषि विज्ञका अनुसार यसले बालनाली फेरी पलाउन नसक्ने गरी आक्रमण गर्छ । यसको अर्थ के हो भने बाली लगाउने तर उत्पादन भित्रयाउन नपाउने र अन्तत नोक्सानी मात्र नभएर भोकमरी भित्रनु हो । त्यसैले यसको नियन्त्रण, रोकथाम र उपचारका लागि तीनै तहको सरकार, नागरिक र विशेषगरी किसानको सक्रियता आवश्यक पर्छ । कृषि विज्ञका अनुसार यसलाई नियन्त्रण गर्न विभिन्न उपकरणको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट रसायन प्रयोग गर्ने तथा छोटो दूरीका उपकरणबाट वायुमण्डलमा अवरोध सिर्जन गर्न सकिन्छ । सलहले प्रजनन गर्ने स्थानमा घरेलु र रसायन विधि प्रयोग गरेर नष्ट गर्न सकिन्छ । धुँवा बालेर तथा जाल प्रयोग गरेरसमेत सलह नियन्त्रणका उपाय अवलम्वन गर्न सकिन्छ । धेरै खुल्ला ठाउँमा जैविक किटनाशक औषधि प्रयोग गर्न सकिन्छ । यसै सन्र्दभमा प्रदेश ५ सरकारले सलह संकलन गरेर ल्याउनेलाई प्रति केजी २० रुपैयाँ र सुदूरपश्चिम सरकारले २५ रुपैया दिने घोषणा गरेको छ । तर सलह नियन्त्रणको यो उत्तम विकल्प भने होइन । सलह विस्तारको क्रम बढेपनि सरकार भने यसको नियन्त्रणमा अलममलमा देखिएको छ। बाली छोप्ने, विषादी छर्कने, खेतीबाली केही पछि गर्ने र किरा टिपेर मार्ने, गीतसंगीतले लठयाउने वा कखुरालाई ख्वाउने जस्ता कुरा पनि आएका छन् । तर यसका लागि तत्काल, मध्य र दीर्घकालिन रणनीति बनाएर अघि बढ्नुपर्छ । कृषि तथा पशुपन्छी मन्त्रालयले दमकल र डोनबाट विषादी छर्कने, संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने र प्रदेशले स्थानीय तहलाई जानकारी गराउने तत्कालको निर्णय गरेको छ । यो शुरुवाती काम हो ।

फलफूल, तरकारी, वनस्पति लगायतका खेतीपाती समेतलाई यसले ठूलो असर गर्न सक्ने भएकोले यसको नियन्त्रणमा जुटन ढिलाई गर्न हुँदैन । कृषि र विषादी विज्ञको सल्लाहमा तीनै तहको सरकारले यस विरुद्ध विषेश रणनीति बनाएर त्यसको कार्यान्वयनमा जानुपर्छ । अन्यथा कोरोनाको महामारीमा सलहले बालनाली सखाप बनाएर संकट माथि संकट थप्ने छ । अहिलेलाई मात्र हैन पछि सम्म पनि खाद्यान्नको अभाव हुनेछ । केही समय अघि भारतमा देखिनु अघिनै रणनीति र प्रतिकार्य निर्माणमा सरकार जुटेको भए यसको निराकरणमा लाग्न सहज हुने थियो । अझै बेला टरेको छैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s