प्रहरी संगठन, नयाँ प्रहरी प्रमुख र तनहुँबासीको अपेक्षा

विकास खनाल


म यो देशको सिपाही हुँ र यो सङ्गठनमा रहँदा सम्म मैले देश, जनता र संगठनको इमानदारी पूर्वक सेवा गर्छु , गीता साक्षी राखेर प्रहरीले भन्ने शब्द हो यो । मानिसको शरीरको बनावट रगत, मासु र हाड तीन प्रकारले बने जस्तै प्रहरी संगठनको बनावट पनि देश, जनता र संगठन तीन प्रकारले बनेको हुन्छ । यी तीन कुरा प्रहरीले व्यवहारमा कडाइका साथ लागू गरेमा देश र समाजमा अबस्य परिवर्तन आउनेछ र प्रत्येक नेपालीको हृदयमा प्रहरी प्रति मायाँ र सम्मानको भावना प्रकट हुनेछ । हरेक राष्ट्रसेवकले यस्तै कसम खाएर प्रहरी सेवामा प्रवेश गरेको हुन्छ । २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीको संगठन अहिले करिव ७० हजारको आसपास छ। यहि जनशक्तिले समाजमा शान्तिसुरक्षाको ठूलो जिम्मेवारी बोकेको छ । तर, यति ठूलो जिम्मेवारी बोकेको संगठन भएर पनि कुनै–कुनै समय प्रहरीले आफ्नो प्रभाव जमाउन नसक्दा र संगठन भित्र राजनीतिक हस्तक्षेप बढ्दा बेलाबखत निष्क्रिय जस्तो देखिने गरेको छ । सत्य, सेवा सुरक्षणम को मूल मन्त्रलाई आत्मसाथ गरेको प्रहरीको सत्य भन्नाले जनता लाई निष्पक्ष न्याय दिलाउनु, सेवा भन्नाले जनतालाई आपतविपत पर्दा सेवा पु¥याउनु र सुरक्षणम भन्नाले जनतालाई सुरक्षा दिई सुरक्षित राख्नु हो ।

 देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु, अपराध नियन्त्रण गर्नु, घटित अपराधको सफल अनुसन्धान गर्नु, जनताको सेवा तथा जिउधनको संरक्षण गर्नु र प्रचलित कानुनको मर्यादा पालन गराउनु, प्रहरीको मुख्य काम कर्तव्य र दायित्व एवम् जिम्मेवारी हुन । समाजमा देखिएका अनुशासनहिनता, गुण्डागर्दी, चोरी, लागुऔसध कारोवार आदिलाई रोक्नु तथा नियन्त्रणमा लिनु प्रहरीको काम हो । प्रहरीको इतिहास हेर्दा किराँतकाल लिच्छविकाल र मल्लकालमा समेत कुनै न कुनै रूपमा समाजमा  प्रहरीको उपस्थिति देखिन्छ । प्रहरी सरकारको शक्ति हो, प्रहरी असहाय पक्षको भरपर्दाे मित्र हो, सत्तापक्षको इच्छालाई कानुन बमोजिम कार्यान्वयन गर्ने शक्ति र बिपक्षी दलको सहारा प्रहरी हो । निरन्तरता, संवेदनसिलता, अनिश्चितता र जोखिममा प्रहरी कार्यको बिशेषता हो । जनताको मौलिक अधिकारहरू तथा मानवअधिकारको पहरेदार नैँ प्रहरी हो । अहिलेको अवस्थालाई हेर्दा पनि नेपाल प्रहरीले एकातिर भ्रस्टाचार न्यूनिकरणमा गुण्डाराज अन्त्यका लागि राम्रो काम गरिरहेको छ भने अर्कोतिर आफ्नैँ सङ्गठन भित्रका केही बरिष्ठ अधिकारीहरू विभिन्न काण्डमा फसेर बेलाबखत बदनाम पनि कमाउने गरेको छ । खासगरी नेतृत्व परिवर्तनको समयमा बढी आक्रामक देखिने नेपाल प्रहरीको नेतृत्ववर्ग पछि पछि आँफै सेलाउँदै गएको देखिन्छ । सुरुमा काम देखाउनकै लागि विभिन्न लोकप्रिय काम गर्ने र पछि क्रमश विभिन्न दवाव तथा प्रलोभनमा परि शिथिल बन्ने रोग नेपाल प्रहरीमा छ र त्यसलाई सुधार्नु जरूरि छ । देशमा राजनीतिक परिवर्तन सँगै केन्द्र तथा जिल्लामा आफ्नो प्रभाव जमाउन र आफुले भनेको मान्ने पात्रलाई प्रमुखको रूपमा पठाएमा भोलिका दिनमा आफ्ना कार्यकर्ता पङ्तिमा परेका समस्यामा फोनका भरमा काम गर्न सकिन्छ भन्ने नेताको सङ्किर्ण सोचका कारण नेपाल प्रहरीले सोचे जस्तो काम गर्न नसकेको देखिन्छ । त्यस्तै राजनितीक अस्थिरताले पनि प्रहरी संगठनलाई काम गर्न लामो समय सम्म असहज भइरहेको अवस्था अहिलेको एकल बहुमतको स्थिर सरकारले तोडेको छ र प्रहरीलाई केही हदसम्म काम गर्न सजिलो भएको छ । 


तनहुँ जिल्ला र दमौली आसपासको सेरोफेरोलाई पछिल्लो समय हेर्दा र भर्खरै मात्रै सरूवा भई गएका एसपी बिनोद सिलवालको कार्यकाललाई मूल्यांकन गर्दा  पनि अपराध न्यूनिकरणमा सुधारका दिनहरू आएको आभाष मिल्दछ । लामो समयदेखि फरार रहेका अभियुक्तहरू अधिकांश पक्राउ पर्नु, सुरक्षा गस्ती बढाउनु, सडक दुर्घटना न्यूनिकरणमा सफलता पाउनु, लकडाउनका समयमा प्रहरीको जिम्मेवारी पूरा गर्न सफल हुनु , सफल अनुसन्धान गर्नु , लगायतका कारणले पनि सिलवालको तनहुँ बसाई सहज रहेको आम तनहुँबासीको विश्लेषण छ । अहिले अर्थात सोमबार देखि तनहुँको नयाँ प्रहरी प्रमुख भएर नेतृत्व सम्हालेका अरूण पौडेलले गर्ने सुरुवाती काम सँगै यहाँका राजनीतिक दल, नागरिक समाज, पत्रकार, व्यापारी लगायतका अन्य संघसंस्थाहरू सँगको परिचयात्मक छलफल, परामर्श, सल्लाह सुझाव र यहाँको बस्तुस्थितिको बारेमा बुझ्ने तथा प्रतिवद्दताहरू जनाउने काम भइरहेको छ त्यो आशालाग्दो नै देखिन्छ । तनहुँ जिल्ला र दमौली  आसपासको सेरोफेरोलाई पछिल्लो समय हेर्न र नयाँ  प्रहरी प्रमुखले नेतृत्व लिए यताको दिनलाई विश्लेषण गरिहाल्ने समय नभैसकेता पनि अपराध न्यूनीकरणमा सुधारका दिनहरू आवस भन्ने तनहुँबासिको अपेक्षा छ । लामो समय देखि फरार रहेका अभियुक्तहरू, लागुऔषध कारोवारीहरूलाई पक्राउ गर्न, हतियारधारी समुहहरू जसले समाजमा आतङ्क मच्चाइरहेका छन तिनिहरूलाई नियन्त्रणमा लिन, भ्रस्टाचार, गुण्डाराज, कालोबजारी लाई निर्मुल पार्न, अबैध रूपमा हुँदै आएका नदीजन्य सामाग्रीको दोहन रोक्न, सडक दुर्घटना जो बढेर गएको छ त्यसलाई रोक्न र समाजमा शान्तिसुरक्षा अमनचयन कायम राख्ने गरि  नयाँ प्रहरी प्रमुखको पालामा काम होस भन्ने  आम तनहुँबासीको अपेक्षा छ । भनिन्छ प्रहरीको बर्दी लाएका बर्दी प्रहरी हुन र नलगाएका बिना बर्दीका प्रहरी हुन्, त्यसैले समाजमा शान्तिपूर्ण वातावरण तयार राख्न विना बर्दीका प्रहरीको पनि महत्वपूर्ण भुमिका हुन्छ । आँफू र आफ्नो वरपर कुनै घटना घटिहाल्यो भने तत्काल प्रहरीलाई खवर गर्नु र अपराधीको हुलिया दिनु हरेक नागरिकको दायित्व हो र यो दायित्व पूरा गर्न सक्यौं भने पक्कैपनि  समाजमा घट्ने घटनामा कमि आउँछ र घटित अपराधका अपराधी उम्कन पाउँदैनन् ।

 तनहुँ यस्तो ठाउँ हो जहाँ बेलाबखत धारिलो हतियार सहितको ग्याङफाइट, ठूला–ठूला चोरी, अत्याधिक मात्रामा सडक दुर्घटना, यौनधन्दा र टोले गुण्डाहरूको बिगबिगी हुने गर्दछ र समाजलाई आत समाजलाई आतङ्कित पार्ने काम गरिन्छ । यी विभिन्न समस्या र घटना घटाउने पात्रहरूलाई नियन्त्रण गर्न सके अनि यहाँका हरेक वर्गसँग हातेमालो र सहकार्य गर्दै अगाडि बढ्न सके पक्कै पनि नयाँ प्रहरी प्रमुखको तनहुँ बसाई सफल हुनेछ, उनको कार्यकाललाई सफल कार्यकालको रूपमा तनहुँबासीले मूल्यांकन गर्नेछन र स्याबासी दिनेछन् । परिणाम दिने गरि परिवर्तनकारि भूमिकाका साथ जिल्लामा शान्तिसुरक्षा कायम गर्छु भनेर प्रमुखले कार्यभार सम्हालेपछि जुन प्रतिवद्दता व्यक्त गरेका छन त्यसलाई सम्पूर्ण तनहुँबासीले आआफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्याैँ भने पक्कै पनि हामी ढुक्क सँग बस्न सक्छौं, शान्तिसुरक्षाको अनुभुती गर्न सक्छौं र नयाँ प्रमुखले पनि सहज वातावरणका साथ काम गर्न सक्छन । प्रहरी प्रमुख पौडेल लामो समयदेखि यहि सेवामा निरन्तर अविवादित तरिकाले कुशलताका साथ अर्घाखाँची, नुवाकोट, बाँके तथा सिआइवि र अख्तियारमा समेत असल नेतृत्व गरि सफलताका साथ तनहुँ सरूवा भई आएकाले पनि उनको बिगतका अन्य जिल्लाका बसाइको अनुभवले तनहुँमा काम गर्न सहज र सफल बनाउने छ ।

अस्तु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s