तरुण दलद्धारा व्यास नगर समितिद्धारा आइसोलेसन कक्षमा सहयोग

दमौली , १६ असार ।नेपाल तरुण दल व्यास नगर समितिले कोरोना संक्रमितको आइसोलेसन कक्षमा सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल तरुण दल व्यास समितिले केन्द्रको निर्देशन अनुसार व्यास –३ स्थित आइसोलेसन कक्षमा पौष्टिक लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । तरुण दल व्यास नगर समितिले आइसोलेसन कक्षमा १५ वटा हर्लिक्स, १५ वटा लुगा धुने सावुन , १५ वटा नुहाउने साबुन र ५ के.जी. स्याऊ हस्तान्तरण गरेको थियो ।

नेपाल तरुण दल व्यास नगर समितिका कार्यवाहक अध्यक्ष जीवन चन्द ठकुरीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल रहेका थिए । पूर्व सभापति पौडेलले उक्त सामाग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनाल , नेपाल तरुण दलका जिल्ला सचिव आरसी पौडेल , बलबहादुर शाही ,शिवहरी जिवनमित्र लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s