अवैध ओसारपसार नियन्त्रणमा ध्यान देऊ

तनहुँ जिल्लामा विभिन्न सामानहरुको अवैध ओसारपसार हुने क्रम जारी रहेको छ । खासगरी तनहुँ जिल्लामा बढी मात्रामा नदीजन्य पदार्थको बढी मात्रामा अवैध ओसारपसार हुने गरेको पाइन्छ । जुन विषयलाई लिएर सरोकारवाला निकायहरु स्थानीय तह र प्रशासनको बेला–बेलामा चर्को आलोचना समेत हुँदै आईरहेको अवस्था छ । तैपनि अवैध ओसारपसार नियन्त्रण हुन सकिराखेको छैन । यसै सिलसिलामा पछिल्लो पटक भिमाद नगरपालिकाका सालको अवैध काठको ओसारपसार भएको विषय सार्वजनिक भएको छ । तनहुँ प्रहरीले दिएको जानकारी अनुसार ६० क्यूफिट अवैध काठ तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जुन अवैध काठ ओसारपसारमा संलग्न व्यक्ति र सवारी साधान समेत प्रहरीको नियन्त्रणमा परेको अवस्था समेत छ । त्यस्तै यस विषयमा डिभिजन वन कार्यालय तनहुँले समेत कार्वाही प्रक्रिया अगाडि बढाएको अवस्था छ ।

हुन त यस अगाडि पनि अवैध ओसारपसार नियन्त्रण गर्ने विषयमा स्थानीय तह र प्रशासनले आफ्नो तर्फबाट पहल कदमी नचालेको भने होइन ।तर जुन हिसाबले हुनु पर्ने हो त्यो हुन नसक्दा अवैध स्थानीय तह र प्रशासनले समेत आलोचना खेप्दै आईरहनु परेको छ । त्यसैले नदीजन्य पदार्थको होस् या काठ जन्य सामाग्रीको अवैध ओसारपसार रोक्ने विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ । अन्यथा अवैध ओसारपसारले जिल्लामा विकाराल रुप लिने निश्चित छ । हेरौं, यस तर्फ अवश्य पनि सम्बन्धित निकायको ध्यान पुग्नेछ ।


सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s