अवैध काठ ओसारपसारमा संलग्न जीप र चालक प्रकाउ

दमौली १४ असार


अवैध काठ ओसारपसारमा संलग्न जीप र चालकलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार भिमादबाट नियमित खटि गएको गस्तीले असार ११ गते चेकजाँचका क्रममा राती ९ बजेको समयमा क्याम्पस रोडमा ग ३ च १८९१ नम्बरको बलेरो जीपबाट उक्त अवैध काठ बरामद गरिएको हो ।


प्रवक्ता तिमिल्सेनाका अनुसार जीपको पछाडिको भागमा लुकाई छिपाई ल्याएको अवस्थामा ६० क्यूफिट काठ बरामद गरिएको छ । अवैध काठ सगै जिप चालक भिमाद ५ बस्ने ४३ बर्षिय धु्रव गैह्रे समेत प्रकाउ परेका छन् । यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यता यस विषयमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालसंग सम्र्पक गर्दा काठ बरामद भएको र कार्वाही प्रक्रिया अगाडि बढेको बताएका छन् ।
स्थानीयले बताए अनुसार भिमाद आसपासको क्षेत्रमा यसअगाडि लामो समय देखि अवैध रुपमा काठ तस्करी हुँदै आए पनि खासै ध्यान पुग्न नसकिरहेको अवस्थामा अहिले भने प्रहरीले विशेष चासो दिएका कारण काठ बरामद हुन पुगेको हो । भिमादमा अवैध काठ नियन्त्रणमा लिएसँगै जिल्ला भरी अवैध रुपमा काठ तस्करी गर्ने गिरोहहरु त्रसित हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s