गुण्डागर्दी र जघन्य अपराध नियन्त्रणको विषयलाई पहिलो प्राथमिकता राख्ने छु—प्रहरी प्रमुख पौडेल

दमौली १२ असार


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले गुण्डागण्र्डी र जघन्य अपराध नियन्त्रणलाई पहिलो प्राथमिकता राख्ने बताएका छन् ।


गुण्डागर्दी र जघन्य अपराध प्रहरीका लागि नभई सिङगो जिल्लाबासीका लागि चुनौतीको विषय भएको हुँदा यि दुई विषयलाई नियन्त्रण गर्न पहिलो प्राथमिकता राख्ने प्रमुख पौडेलको भनाई रहेको छ । सो कुरा प्रहरी प्रमुख पौडेलले बिहिबार तनहुँका सञ्चारकर्मीहरु संगको भेटका क्रममा बताएका हुन् । खासगरी गुण्डागर्दी र जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई विभिन्न ठाउँबाट संरक्षण रहने भएता पनि आफू भने त्यसको प्रभावमा नपर्ने समेत प्रहरी प्रमुख पौडेलको भनाई रहेको छ । त्यस्तै प्रहरी प्रमुख पौडेलले लागू औषधको नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणको विषयमा समेत विशेष प्राथमिकता दिने समेत बताएका थिए । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा हुने नदीजन्य सामाग्रीको अवैध उत्खनन रोक्ने विषयमा प्रशासन र स्थानीय तहहरु संग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत प्रहरी पौडेलको भनाई थियो । त्यस्तै प्रहरीलाई नागरिक मैत्री व्यवहार अवलम्बनमा समेत अभिप्रेरित गर्ने प्रमुख पौडेलको भनाई थियो ।


साइबर क्राइम लगायत पुराना आपराधिक घटनाहरुको अनुसन्धान गरी अपराधीलाई कानुनको दायरामा ल्याउन समेत कुनै कसर बाँकी प्रहरी प्रमुख पौडेलको भनाई थियो । त्यसैगरी हालको संक्रमणको घडीमा आइसोलेसन देखि क्वारेन्टाइनहरु रहेको स्थानमा सुरक्षा व्यवस्था मिलाउन समेत प्रहरी विशेष भूमिका निर्वाह गर्ने प्रमुख पौडेलको भनाई थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s